
आफू जुरी बस्दा फिल्मीकर्मीले आफूले खेलेका फिल्मदेखि निर्देशन गरेका फिल्मलाई अवार्डको प्रतिस्पर्धाबाट बाहिर राख्ने गरेका छन् । तर, आठौ नेफ्टा फिल्म अवार्डका लागि जुरीका संयोजक समेत रहेका नारायण पुरीले भने छोरा संयम पुरीलाई नै बाहिर राखिदिए ।

निर्देशक शोभित बस्नेत छोरा सलोन बस्नेतको फिल्म प्रदर्शनको समयमा खुबै लाग्छन् । छोराको प्रचारमा शोभितले कुनै कसर नै बाँकी राख्दैनन् । अहिले पनि शोभित आफ्ना छोरा सलोन बस्नेतको अभिनय रहेको फिल्म लभ सबको प्रचारमा देखिएका छन् । शोभितले गोप्य शैलीमा अहिले केही साथीहरुसँग मिलेर फेसबुक क्याम्पियन नै चलाएका छन्, जसमासलोनलाई हाइलाइट गरिएको छ ।

भाद्र २५ मा रिलिज हुने चलचित्र ‘लब सब’ दोस्रो को गीत सार्वजनिक गरिएको छ । ‘सुन सुन’ शीर्षकको गीत मकवानपुर आइडलका प्रतिस्पर्धी शिव बजगाईले गाएका हुन् । पाश्र्व गायनमा उनको यो पहिलो गीत हो । गीतमा सुजिल कर्माचार्यको संगीत रहेको छ । सुरेन्द्र रानाको शब्द रहेको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

भुकम्पपछि सेलाएको नेपाली फिल्मको बजार सपना तिम्रो मेरोले तताउने बिश्वास गरिएको छ । ऋषिराज आचार्यको निर्देशनमा बनेको फिल्म आगामी शुक्रबार अर्थात् २२ साउनदेखि देशब्यापी रुपमा प्रदर्शन हुदैछ ।

आफ्नो पोर्नस्टारको छविलाई हटाउन नसक्दा बलिउड अभिनेत्री सन्नी लियोनीलाई सोचेजस्तो सफलता मिलेको छैन । सन्नीको चर्चा भएपछि सफलताको उचाई पनि उनका लागि टाढा देखिएको छ । सन्नीले अभिनय गरेका फिल्ममा उनको अभिनय भन्दा पनि हट अवतार नै बढी हुन्छ । जसका कारण पनि सन्नीले बलिउडका चर्चित अभिनेतासँग पर्दा बाड्न पाएकी छैनन् ।

कतारमा आयोजना हुन लागेको आठौ नेफ्टा फिल्म अवार्डका लागि उत्कृष्ट ५ मा पर्न सफल फिल्मीकर्मी र फिल्मको नाम सार्वजनिक गरिएको छ । नेपालकै बहुप्रतिक्षित अवार्डको रुपमा रहेको नेफ्टा अवार्डमा यसपटक पनि चर्को भिडन्त हुने देखिएको छ ।

