
अभिनेत्री मेनुका प्रधान आइटम गीतमा पनि जम्ने कोशिशमा छन् । ‘टलक जंग भर्सेस टुल्के’मा उनले गरेको आइटमको चर्चा राम्रै भयो । अब, उनै मेनुका निखिल उप्रेतीले तयार पारेको फिल्म ‘भैरव’को एक आइटम गीतमा देखिएकी छिन् ।

अभिनेता आर्यन सिग्देल आफ्नो हिट फिल्म ‘मेरो एउटा साथी छ’ को सिक्वेल बनाउने तयारी थालेका छन् । हाल धमाधम यो फिल्मको स्क्रिप्टमा काम भैरहेको छ ।
फिल्मको निर्देशन दिनेश राउतले गर्नेछन् । आर्यन सिग्देल र नम्रता श्रेष्ठले अभिनय गरेको मेरो एउटा साथी छ लाई फिल्म क्षेत्रदेखि दर्शकले अत्याधिक रुचाएका थिए । यही फिल्मबाट आर्यन र नम्रताको जोडी नेपाली फिल्ममा जमेको थियो ।

सलमान अभिनित फिल्म ‘बजरंगी भाईजान’ले कमाईमा दिनुहँ नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ । तर अरु रेकर्ड ब्रेक गरेपनि ‘बजरंगी भाईजान’ले पिके’को रेकर्ड भने छुन नसक्ने समिक्षकले अनुमान लगाएका छन् । फिल्मले बुधबार ७ करोड कमाई गर्दै घरेलु बजारबाट मात्र दुई अर्ब ६६ करोड कमाई पुर्याएको छ भने विदेशमा समेत गरी कुल कमाई ४ अर्ब ९६ करोड पुर्याएको छ । जसमा विदेशी देशको कमाई एक अर्ब २८ करोड रहेको छ ।

‘कोहिनुर’ फिल्मको सुपरहिट गीत ‘के म तिम्रो होइन र’ अब फिल्मको नामको रुपमा आउने भएको छ । स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री स्वेता खड्काले नृत्य गरेको या गीतलाई आकाश अधिकारीले फिल्मको शीर्षक बनाएका हुन् । फिल्मको अहिले प्रि पोडक्शनको काम चलिरहेको छ । फिल्मका लागि दुई नयाँ अनुहार पनि फाइनल गरिएको छ ।

अभिनेताहरु राजेश हमाल, भूवन केसी, शिव श्रेष्ठले काम गर्दा नेपाली फिल्ममा स्टारडमको महत्व खुबै थियो । यी ३ अभिनेताको स्टारडमले नेपाली फिल्मलाई जोगाएको थियो । फिल्मका पर्दामा यी ३ अभिनेता देखिदा निर्माताले पैसा सोहोर्थे । स्टारडमको भ्याकुम हुनु हुदैन । केही दिन अगाडि अभिनेता राजेश हमालले फिल्मीखबर साप्ताहिकमा दिएको अन्र्तवार्तामा यो कुराको उल्लेख गरेका छन् । हमाल, केसी र श्रेष्ठले स्टारडमलाई अगाडि बढाउँदा त्यसपछि आएका दिलिप रायमाझीदेखि निखिल उप्रेती, विराज भट्टले पनि दर्शकको तारिफ र भिड पाए ।

अन्ततः मोडल पल शाह ‘नाई नभन्नू ल’ सिरिजको चौथो शृंखलाको मुख्य भूमिकाका लागि फाइनल भएका छन् । हजारभन्दा बढी अनुहारबाट निर्माण टोलीले पललाई मुख्य भूमिकाका लागि उपयुक्त ठानेको हो ।

