मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

अक्षय कुमारलाई मिल्यो ठूलो सफलता

एजेन्सी, मुम्बई, 2015/10/04

बलिउड अभिनेता अक्षय कुमारलाई अहिलेसम्मकै ठूलो सफलता मिलेको छ । बर्षमा ४ वटासम्म उनी अभिनित फिल्म प्रदर्शनमा आउछन् । सबैजसो फिल्मले निर्माताको लगानी सुरक्षित पनि गरिदिएका छन् ।

उनै अभिनेताले अभिनय गरेको फिल्म सिंह इज ब्लिङले शुक्रबार राम्रो कमाई गरेको छ । फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन २०.६७ करोडको कमाई गरेको छ । यो कमाई अक्षय कुमारको करिअरकै सवैभन्दा ठूलो हो । यसअघि अक्षका फिल्मले पहिलो दिन यस्तो व्यापार गरेका थिए ।

अक्षय कुमार र एमी ज्याक्सनको मुख्य भूमिका रहेको फिल्मलाई प्रभुदेवाले निर्देशन गरेका हुन् ।यो फिल्म सय करोडको क्लबमा पुग्ने अनुमान गरिएको छ । द्धन्द्ध, हाँसो र प्रेमको यो कथालाई दर्शकले रुचाएका छन् ।