Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

मोफसल लाग्यो वडा नं ६ । राजधानीमा कति कमायो ?

फिल्मीखबर, काठमाडौं, 2015/10/02

दुई हप्ता पछि वडा नं ६ मोफसल लागेको छ । असोस १ मा रिलिज भएको फिल्म तराई बन्दका कारण राजधानीमा खुम्चिएको थियो । तर राजधानीमै आक्रामक व्यापार गरेको फिल्मले राजधानीकै कमाईले लगानी उठाएको निर्माताहरुले बताए ।रिलिजको तेस्रो दिननै करोड छेऊछाऊ पुगेको भनेर चर्चा पाएको फिल्मले त्यसपछिमा दिनमा पनि राम्रो व्यापार गर्दै आएको थियो । निर्माता दीपक राज गिरीले फिल्मको ग्रस दुई करोड पुग्न लागेको बताए ।


फिल्मले दोस्रो हप्ताको आइतबार सम्म पनि राम्रै व्यापार गर्दै आएको थियो तर सोमबारदेखि यातायतमा जोर बिजोर लागू भएसँगै फिल्ममा फुटहोल्ड कम भएको थियो । तर राजधानीबाटै लगाई उठाईसकेकाले निर्माताहरुलाई देश बाहिर र उपत्यका बाहिरको कमाई खुद मुनाफा हुनेछ ।त्यसो त फिल्म उपत्यका बाहिरका सबै हलमा भने लाग्ने छैन । फिल्म पोखरा,बुटबल, हेटौंडा, चितवन आदि स्थानमा लाग्नेछ ।

 

आन्दोलन प्रभावित ठाउँमा भने फिल्म दशैं छेक मात्र रिलिज हुनेछ ।उज्जल घिमिरे निर्देशित फिल्ममा दीपकराज गिरी, दीपा श्री निरौला, केदार घिमिरे, सिताराम कट्टेल, दयाहांग राई, प्रियंका कार्की आदि कलाकारको अभिनय रहेको छ । जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्मले जनयुद्धले सर्वसाधारणमा पारेको प्रभावलाई हास्य शैलीमा प्रस्तुत गरेको छ ।

Most Visited News (monthly)