मोडल तथा अभिनेत्री रिमा विश्वकर्माले चलचित्र कल्याणकारी कोषमा एक लाख प्रदान गरेकी छिन् । रिमाले शुक्रबार सो रकम चलचित्र कल्याणकारी कोष संयोजक झरना थापालाई हस्तान्तरण गरिन् ।रिमाले हनिमुनको लागि छुट्याएको रकम कोषमा प्रदान गरेको् जानकारी गराएकी थिइन् ।
‘रोबर्ट र मैंले सल्लाह गरेर हनिमुन जानुका साटो यो रकम फिल्मकर्मीका लागि प्रदान गर्ने निर्णय गरेका हौं । कल्याणकारी कोषले आज ६ जना फिल्मकर्मीर्ला मद्यत गरिरहेको छ भने सातौंमा मै पनि गर्न सक्छु । सोही कुरा सम्झेर हाम्रो तर्फबाट सानो सहयोग गर्ने निर्णय गरेका हौं,’ रिमाले भनिन् ।
रिमाले रोबर्ट विश्वकर्मासँग गत आइतबारमात्र विवाह गरेकी थिइन् । दुवैले मालदिभ्स र पेरिसमा हनिमनु मनाउने योजना बनाएका थिए ।असक्त तथा आर्थिक अवस्था कमजोर भएका फिल्मकर्मीलाई सहयोग गर्ने उद्देश्यले स्थापितक कल्याणकारी कोषमा हाल ३ करोड ४ लाख रुपैंया रहेको छ ।

केही दिन अघि मात्र विकास बोर्डले झरना थापालाई सो कोषको संयोजकमा नियुक्त गरेको थियो । संयोजक थापाले कोषको रकम बढाउने र थप फिल्मकर्मिलाई सहयोग गर्ने लक्ष्य रहेको जानकारी गराईन् ।‘हाम्रो पहिलो लक्ष्य ५ करोड पु¥याउने छ । त्यसपछि आवश्यकतामा रहेका फिल्मकर्मीको पहिचान गरेर सहयोग गर्नेछौं,’ थापाले भनिन् ।

