Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आर्यनले कसलाई गरे यस्तो माया (भिडियो सहित)

फिल्मीखबर, काठमाडौं, 2015/10/04
अभिनेता आर्यन सिग्देल बैबाहिक बन्धनमा बाधिएको करिब डेढ बर्ष पुगिसकेको छ । यद्दपी उनी पछिल्लो समय ‘यस्तो माया गरु तिमीलाई,मुटु भरि माया छल्कियो,एक जुनीलाई मात्र होइन तिमीलाई जुनीजुनीलाई भन्न पाइयोस् ’ भन्दै माया प्रेममा डुबेका छन् ।
 
 
तर आर्यनको यो माया प्रेम रियल लाइफमा नभएर चलचित्र ‘सुश्री’ को गीतमा डेब्यु हिरोइन आशिका तमाङ संग माया प्रेममा डुबेका हुन् । सोही गीतमा आर्यनले आशिकालाई ‘यस्तो माया गरु तिमीलाई...’ भन्दै छन् ।
 
 
यहि कार्तिक ३ गते सार्बजनिक प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘सुश्री’को उक्त गीतमा आशिष पुरुषको शब्द,सुबास भुषालको संगीतमा सन्तोष लामा र निकिता थापाले स्वर भरेकी छिन् । गीतमा शंकर बिसीको कोरियोग्राफी रहेको छ ।
 
चकलेटी नायकको रुपमा परिचित अभिनेता आर्यन सिग्देल स्टारर यस चलचित्रको गीत र ट्रेलर पछिल्लो समय दर्शकले रुचाएका छन् । चलचित्र लेखक शिबम अधिकारी निर्देशित चलचित्रमा आर्यन र आशिका सहित सुरबिना कार्की,बिकास चापागाईं,राजाराम पौडेल,मिश्री थापा लगायतका कलाकारले अभिनय गरेका छन् ।आशिका फिल्म्सको ब्यानरमा निर्मित चलचित्रलाई आत्माराम थापाले निर्माण गरेका हुन् भने चलचित्रलाई रोहित रत्नले वितरणको जिम्मा लिएका छन् ।
 
भिडियो हेर्नुहोस् :
 
Most Visited News (monthly)