मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कट्रिना होइन दीपिका मनपर्छ रणवीरकी आमालाई

एजेन्सी, मुम्बई, 2015/10/06

बलिउडमा अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफ लव बर्डस् रहेको सबलाई  जानकारी नै छ । रणवीर र कट्रिना लामो समयदेखि डेटिङमा मस्त छन् । रणवीरले कट्रिनासँग डेट गर्नुअघि अभिनेत्री दीपिका पादुकोणसँग रोमान्स गरेका थिए ।


जतिबेला दीपिका र रणवीर डेटमा थिए, त्यतिबेला रणवीरकी आमा नितुलाई दीपिका मन पर्दैनथ्यो । तर, अहिले नितुले रणवीरकी हालकी प्रेमिका कट्रिना भन्दा दीपिकालाई मन पराउन थालेकी छिन् ।दीपिका र रणवीरको नयाँ फिल्म ‘तमाशा’को ट्रेलर सार्वजनिक भैसकेको छ । इम्तिआज अलीको निर्देशनमा बनेको यो फिल्मलाई लिएर नीतु उत्साहित छिन् । उनले दीपिका पादुकोणलाई एक राम्रो कलाकार भनेकी छिन् । उनले यो फिल्म आफूलाई चाडै नै हेर्न मन लागेको पनि सुनाइन् । दीपिका एक राम्रो कलाकारको रुपमा अगाडि बढेको नितुको भनाई छ ।


उनै नीतुले दीपिका र कट्रिनामध्ये रणवीरका लागि कुन जोडी सुहाउछ भन्ने प्रश्नमा आफू र ऋषि कपुरको  जोडी भन्दै घुमाउरो जवाफ दिएकी थिइन् । अब हुने वाला सासुले आफ्नो साटो दीपिका मन पराईदिएपछि कट्रिना पक्कै पनि धर्म संकेटमा परेको हुनुपर्छ ।