Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

चल्ला प्रशान्त जादू ?

फिल्मीखबर, काठमाडौं, 2015/10/05

इण्डियन आइडल बिजेता प्रशान्त तामाङ यतिबेला काठमाडौंमा छन् । पातलिँदै गएको नेपाल यात्राका बीच नेपाल झुल्किएका उनी फिल्म ‘परदेशी’को प्रचारका लागि यतिबेला नेपाल आएका हुन् । सोमबार प्रशान्तकै उपस्थितिमा फिल्म ‘परदेशी’ले फिल्मका अडियो तथा भिडियो सार्वजनिक गर्यो । पहिले नै सार्वजनिक भएका गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेका छन् ।

 

यही मेसोमा प्रशान्तले पनि गीतसँगै फिल्मले पनि दर्शकको मन जित्ने दाबी गरे । सोमबार राजधानीको इन्द्रेणी कम्प्लेक्समा भएको गीति एल्बम बिमोचन कार्यक्रममा बोल्दै प्रशान्तले यही अपेक्षा दोहो¥याए ।‘मौलिक कथामा पारिवारिक फिल्म बनाएका छौं । हाम्रो पहिलो फिल्म झैं यसलाई पनि दर्शकले साथ दिनुुहुनेछ भन्ने विश्वास छ,’ प्रशान्तले भने । प्रशान्तले कार्यक्रममा एउटा गीत पनि गाएर सुनाएका थिए ।



एल्बमको विमोचन मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए । फिल्मलाई शुभकामना दिन उपस्थित कलाकारद्धयले परदेशीलाई शुभकामना दिएँसँगै भारतले लगाएको नाकावन्दी माथि ठट्यौलो टिप्पणी गरे ।‘भारतले लगाएको नाकावन्दीका थुप्रै घाटाहरु होलान् तर यतिबेला कट्रिना करिना कसैको पनि फिल्म हेर्न मन लाग्दो रहेनछ । यो फाइदा हो,’ हरिवंश आचार्यले भने ।

 

निर्देशक नारायण रायमाझीले परदेशी बन्न बाध्य युवा र उनीहरुको परिवारको व्यथालाई फिल्ममा समेटिएको बताए ।‘एउटा टेलिभिजन कार्यक्रममा एउटा युवाले सोधेका थिए, मैंले बिएस्सी सकें । पासपोर्ट बनाउँकी की एमएस्सी पढौं ? फिल्म पासपोर्ट बनाएर बिदेसिने युवाको कथा हो,’ रायमाझीले भने ।

 

फिल्ममा प्रशान्त तामाङ र नरेन खड्काले विदेसिने युवाको भूमिकामा अभिनय गरेका छन् । नरेनले पनि फिल्मले पूर्व प्रदर्शनमा राम्रो प्रतिक्रिया पाएकाले आम दर्शकले पनि रुचाउने विश्वास व्यक्त गरे ।फिल्ममा रजनी केसी,केशव भट्टराई, तारा शर्मा, हिउँवाला गौतम, प्रविण खतिवडा, रुपा सुवेदी आदि कलाकारको अभिनय रहेको छ ।

Most Visited News (monthly)