Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नाकाबन्दीले कट्रिनाको फिल्म हेर्न मन लागेन– हरिवंश

फिल्मीखबर, काठमाडौं, 2015/10/05

हाँस्य अभिनेता हरिवंश आचार्यले देशमा भारतले नाकाबन्दी लगाउदा केही गाह्रो भएपनि केही फाइदा पनि भएको बताए । उनले नाकाबन्दीका कारण अहिले भारतीय कलाकारको फिल्म हेर्न मन लाग्न छाडेको बताए । उनले अहिले आफूलाई कट्रिना, करिनाका फिल्म हेर्न मन लाग्न छाडेर नेपालकै कलाकारको फिल्म हेर्न मन लाग्न थालेको बताए ।


नाकाबान्दीले नेपालीमा रहेको राष्ट्रियतालाई जगाइदिएको भन्दै नेपाली फिल्मका कलाकार र फिल्म प्रति दर्शकमा मोह बढ्न थालेको बताए । हरिवंशले नेपाल बहुजातिय बहुभाषिक देश भएको पनि बताए ।उनले अहिले देशमा प्रशान्त तामाङ, विल्सन विक्रम राई, दयाहाङ राइ लगायतका कलाकारले खेलेको फिल्म चल्न थालेको पनि बताए ।फिल्म परदेशीको अडियो विमोचन कार्यक्रममा बोल्दै हरिवंशले प्रशान्त तामाङ नेपालभाषीको गौरव पनि भएको बताए ।

Most Visited News (monthly)