Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

को हुन् हिरोलाई मण्डपबाटै भगाउने हिरोइन ?

फिल्मीखबर, काठमाडौं, 2015/10/06

फिल्मको पर्दामा अभिनेत्रीलाई अभिनेताले खलपात्रसँग भिड्दै बिहे मण्डपबाट उठाएका दृश्य त पुरानै भैसके । तर, परिवर्तीत कथावस्तु अनुसार अब फिल्ममा अभिनेतालाई अभिनेत्रीले बिहे मण्डपबाट उठाएको देख्न सकिन्छ ।


कमेडी तथा नयाँ बिषयको फिल्म सुश्रीमा अभिनेता आर्यन सिग्देल दुलाहा बनेका छन् । वास्तविक जीवनमा बिहे गरिसकेका आर्यनले फिल्मकी अभिनेत्री सुरविना कार्कीसँग बिहे गर्न लागेको देखाइन्छ । तर, उनलाई मन पराउने अभिनेत्री आशिका तामाङले उनलाई बिहे मण्डपबाट नै भगाएकी छिन् । कात्तिक ३ गतेबाट प्रदर्शन हुने फिल्मको यो दृश्यले अहिले रोचकता थपिरहेको छ ।


ट्रेलरमा आर्यन दुलाहा बनेको दृश्य समावेश भएपछि दर्शकप्रति उत्साह थपिएको भनाई छ, निर्देशक शिवम् अधिकारीको । आशिका फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा अभिनेता सिग्देल सोझो यूवकको भूमिकामा देखिएका छन् भने आशिका बोल्ड भूमिकामा ।कात्तिक ३ मा अन्य ३ वटा फिल्म पनि प्रदर्शनमा आउँदैछन् । यसैले पनि अहिले सुश्री यूनिट प्रचारमा लागिरहेको छ ।

Most Visited News (monthly)