Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15967 - 15972 of 24018
फिल्मीखबर, काठमाण्डौ, 2015-08-02, आईतवार

फेसबुकैले विचल्ली पार्यो नि...' बोलको लोक गीतमा फेसबुकमा रमाउँनेहरुको कथा र व्यथालाई एक नारायण भण्डारीले कोरेका छन् ।   

फिल्मीखबर, काठमाडौं, 2015-08-02, आईतवार

नेपाली फिल्म ‘कालो पोथी’ विश्वको सबैभन्दा पुरानो फिल्म महोत्सवमा छानिएको छ । मीनबहादुर भामद्वारा निर्देशित उक्त फिल्म इटालीको भेनिस इन्टरनेसनल फिल्म फेस्टिभलका लागि छनोट भएको हो । फेस्टिभलको ७२ औं संस्करण आगामी भदौ १६ देखि २६ सम्म हुनेछ ।

एजेन्सी, मुम्बई, 2015-08-02, आईतवार

शंकरको निर्देशनमा बनेको फिल्म ‘रोबोट’को सिक्वेल बन्ने भएको छ । निर्देशक शंकरले फिल्मको सिक्वेल बन्ने खबर पुष्टि गरेका हुन् । प्रि प्रोडक्सन भईरहेको फिल्ममा रजनीकान्तले निरन्तरता पाउने छन् भने फिल्ममा बिक्रम र दीपिका पादुकोण थपिने स्रोतले बताएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-08-02, आईतवार

भूकम्पका कारण दुर्गम क्षेत्रमा भत्किएका विद्यालय पुपुनर्निर्माणका लागि सहयोग जुटाउन अस्ट्रेलियाको क्यानबेरामा नेपाली चलचित्र ‘बोक्सी’को विशेष प्रदर्शन गरिने भएको छ । क्यानबेरास्थित सरकारी संग्रहालय नेशनल फिल्म एण्ड साउण्ड अर्काइभले चलचित्र प्रदर्शनलाई सहयोग गर्ने भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-08-02, आईतवार

अभिनेता भूवन केसी फिल्म ‘ड्रिम्स’को छायांकन सकाउने तरखरमा छन्  । यो फिल्मसँगै भुवनले निर्देशनमा हाम फालेका हुन् । भूवन केसी निर्देशनमा प्रवेश गरेपछि अब उनलाई पारिवारिक रुपमै चुनौती मिलेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2015-08-02, आईतवार

मन्जिना मुभिजको ब्यानरमा बन्न लागेको फिल्म 'यो साइनो मायाको'को लागि निर्माण युनिट नयाँँ अनुहारको खोजीमा छ । मन्जिना श्रेष्ठले तयार पारेको स्कृप्टमा अरुण प्रधानले आफ्नो निर्देशकिय कला प्रस्तुत गर्नेछन् ।

Results : 15967 - 15972 of 24018