मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.17/5.00)
Text size:-
+
-

जल शाहको पुनरागमन ?

फिल्मीखबर, काठमाडौं, 2015/10/05

नेपाली चलचित्र क्षेत्रमा आफ्नो बेग्लै छाप छोड्न सफल अभिनेत्री जल शाह पुन : कलाकारिता क्षेत्रमा सकृय हुने सकेतहरु देखिन थालेका छन । हाल परिवारको साथमा अमेरिकामा बस्दै आएकी अभिनेत्री शाहले नेपालमा बिनाशकारी भुकम्प गएको बेला युवा चलचित्रकर्मीहरुको अभियान " वि फर अल" मार्फत काभ्रेको पोखरिचौरीमा स्कुल पुनर्निमाणका लागी रु १ लाख १ हजार सहयोग गरेकी थिइन भने आगामी नोभेम्वर १ तारिखमा अमेरिकाको साल्ट लेक सिटी मा पहिलो पटक एक भब्य नेपाली सास्कृतिक कार्य्रक्रमको आयोजना गर्दैछिन ।

 

नेपाली सिनेमा र संगीतका बहुचर्चित कलाकर्मीहरुको प्रस्तुती रहने सो कार्य्रक्रममा जल श्रीमान सरत रिमाल र ब्यवसायी राजेन्द्र ह्योजुको समेत सहकार्य रहनेछ । साल्ट लेक सिटीमा पहिलो पटक हुने लागेको नेपाली कार्य्रक्रमलाई सफल बनाउन चर्चित नायक दिलिप रायमझी र नायिका अरुणिमा लम्शालले आकर्षक प्रस्तुतीको तयारी गर्दैछन भने कुनै समय एकअर्काका प्रतिस्प्रर्धी मानिने गायकद्वय रामकृष्ण ढकाल र यम बाराल १४ बर्ष पछी एकै साथ प्रस्तुत हुँदैछन ।

 

साथमा गायिका निशा सुनुवार , सङीता थापामगर , नृत्य निर्देशकद्वय नबिन के सि , लुना श्रेष्ठ र फिल्म निर्देशक सुरेस दर्पण पोखरेलको पनि प्रस्तुती रहनेछ I यसप्रकारका कार्य्रक्रमहरुको आयोजनामा सक्रीयता सगै एक समय नेपाली चलचित्र क्षेत्रमा एक छत्र राज गरेकी अभिनेत्री जल शाह पुन : कलाकारितामा कृयाशिल हुनसक्ने सम्भावनाहरु देखिएका छन । जलको पुनरागमन होस , शुभकामना ।