अभिनेता राजेश हमालको हातमा नयाँ फिल्म ‘बागमती’ मात्र छ । यो फिल्मका निर्माताले हमाललाई नै पूर्ण रुपमा प्रमोशन गरिरहेका छन् । पर्दा भित्र असफल अभिनेताको रुपमा चिनिएका हमाल भने स्टेजमा हिट छन् । हङकङमा आयोजना भएको हामी उठ्ने छौ कार्यक्रममा हमालले अभिनेत्री सुष्मा कार्कीसँग कम्मर मर्काए । सुष्मा र हमालले यअअघि फिल्म ‘मेरो जीवन साथी’मा एक साथ काम गरेका थिए ।
सुष्मा पनि अहिले फिल्म क्षेत्रमा खासै सफल छैनन् । फिल्म ‘चलेछ बतास सुस्तरी’ र केही रिलिज हुन नसकेका फिल्म भन्दा बाहेक उनको हातमा कुनै पनि फिल्म छैन । कुनै समय आइटम गीतमा जमेकी सुष्माका हातमा अहिले आइटम पनि छैनन् । हमाल पनि फिल्म बिहिन ,सुष्मा पनि फिल्म बिहीन तर हङकङमा भने स्टेजमा दुवैको जोडी जमेको देखियो ।

