Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`परदेशी`को गीतले मन छुदै, संगीतमा देखियो शक्ति

फिल्मीखबर, काठमाडौं, 2015/10/08

नेपाली फिल्म चल्नका लागि गीतसंगीतले ५० प्रतिशत भूमिका खेलेको हुन्छ । यसैले पनि अहिले फिल्म बनाउनेहरु गीतलाई उच्च महत्व दिइरहेका छन् । दर्शकको मनमा बस्न सक्ने गीत र संगीत तयार गर्ने नारायण रायमाझीले फिल्म ‘परदेशी’का लागि बनाएको गीत अहिले खुबै हिट भइरहेको छ ।


‘भन्थ्यौ आमा नेपालमा दुख छ’ बोलको गीतको अडियो नै युटुबमा २ लाख भन्दा धेरै पटक सुनिएको छ । निर्देशक रायमाझी यसपटक ‘गोर्खापल्टन’ भन्दा उत्कृष्ट फिल्म बनाएको दाबी गर्छन् । फिल्मलाई लिएर अहिले देशदेखि विदेशमा समेत प्रतिक्षा रहेको उनको भनाई छ ।


फिल्ममा समावेश भन्थ्यौ आमा बोलको गीत सुनेर दर्शक रोएको अनुभव उनको छ । एउटा निर्देशकले जब फिल्मको कथा र गीत लेख्छ, त्यतीबेला उसले दृश्यलाई समेत कैद गरेर लेख्ने रायमाझीले बताए ।

 

‘परदेशी’का लागि आफूले २ बर्षयता अरु कुनै काम नगरेको उनले सुनाए । तेश्रो इन्डियन आइडल प्रशान्त तामाङ, रजनी केसीले मुख्य भूमिकामा काम गरेको यो फिल्म कात्तिक ३ गतेबाट प्रदर्शनमा आउँदैछ । 

Most Visited News (monthly)