मिति : २०८१ वैशाख २६, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

हिटको खोजीमा रजनी ?

फिल्मीखबर, काठमाडौं, 2015/10/06

गर्न त रजनी केसी राम्रै फिल्मबाट डेब्यु गरेकी थिइन् तर फिल्म फ्लप भईदियो । रजनीले छवि ओझाको व्यानरमा बनेको ‘लोफर’बाट नेपाली रजतपटमा डेब्यु गरेकी थिइन् । उति बेला रेखासँग पानी बाराबारको स्थिति रहेको छवि ओझाले रजनीलाई पनि रेखा थापा बनाउँछु भनेर गफ दिएका थिए । तर फिल्म फ्लप भएसँगै छविले रजनीमा सायद कुनै क्षमता देखेनन् । शिल्पा पोखरेल भित्र्याए र फेरि उही दाबी दोहोर्याए । ‘शिल्पालाई रेखा बनाउँछु’ ।  

 


तर, अहिले रजनी कम चर्चामा छिन् ।  उनले रेखा थापाको स्थान त लिन सकिनन्, छविराज ओझाको ब्यानरमा पनि गुमाइन् । उनलाई अभिनेत्री शिल्पा पोख्रेलले रिप्लेस गरिन् ।
छविराज ओझाको ब्यानरमा काम गर्दा आफ्नो चर्चा चुलिएको रजनी पनि स्विकार गर्छिन् । उनका साथीभाई र आफन्तले उनलाई किन अहिले पहिलेको जस्तो चर्चा छैन नी भनेर सोध्ने गरेका छन् ।

 

तर रजनी ‘परदेशी’ रिलिज पछि फेरि आफ्नो चर्चा हुने दाबी गर्छिन् । आफ्ना फिल्म प्रदर्शनमा नआएकाले पनि दर्शकलाई हराएको जस्तो भान भएको उनको भनाई छ । फिल्म परदेशीकी अभिनेत्रीलाई यो फिल्मको गीत र गायक तथा अभिनेता प्रशान्त तामाङका कारण फिल्म चल्छ भन्ने लागेको छ ।उनले फिल्म चलेको खण्डमा आफूले एउटा हिट फिल्म दिएको ठान्ने र असफल भएको खण्डमा पनि यसको जिम्मेवारी लिने बताइन् ।