मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लाग्यो सृष्टिको लक

फिल्मीखबर, काठमाडौं, 2015/10/08

धेरै दिनदेखि पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ नेपाली रजतपटमा इन्ट्री मार्न चाहन्थिन् । मिस नेपाल हुने बित्तिकै उनले फिल्म खेल्ने अफर नपाएकी पनि हैनन् । अभिनेता भुवन केसीले नै ‘साथी म तिम्रो’का लागि सृष्टिलाई अफर गरेका थिए । तर उति बेला सृष्टिले केसीको सो प्रस्ताव स्विकार गरेकी थिइनन् ।

 

एक वर्ष यता सृष्टिलाई के लाग्यो कुन्नी, फिल्म खेल्ने निधो गरिन् र त्यसका लागि राम्रै तयारी पनि गरिन् । सृष्टिले फिल्म प्रवेशकै लागि सुनिल पोखरेलसँग अभिनय प्रशिक्षण पनि लिइन् । सोही समयमा सृष्टिले ‘छड्के’ फिल्म निर्देशक निगम श्रेष्ठको फिल्ममा काम गर्न लागेको खबर बाहिरिएको थियो । सो खबर पुष्टि नभएपनि सृष्टिले सन्नी लियानीले खेलिसकेको एक गीतमा अभिनय गरेर कलाकारितामा आउने आफ्नो चाहनालाई उद्घोष गरेकी थिइन् ।


त्यसयता म्युजिक भिडियोमा अभिनय गरी रहेकी सृष्टिले अघिल्लो साता मात्र हेमराज बिसीको नयाँ फिल्म ‘गाजलु’ मा अभिनय गर्ने खबर बाहिरिएको छ । त्यसको चर्चा सेलाउन नपाउँदै सृष्टिले सेक्सपियरको नाटक ‘हयाम्लेट’को नेपाली संस्करणमा अर्पण थापाको अपोजिटमा अभिनय गर्न लागेकी छिन् । नाटक आउँदो आइतबार भक्तपुर दरबार स्क्वायरमा मञ्चन हुँदैछ । फिल्मसँगै नाटकमा पनि सृष्टिको व्यस्तताले यही संकेत गर्दछ । आखिरमा सृष्टिका पनि दिन सुरु भएछन् ।