Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फेसबुकमा लाइक बढाउनेलाई रिस्तासँग डिनर

फिल्मीखबर, काठमाडौं, 2015/10/08

फिल्म प्रचारका लागि पनि निर्माताहरुले कस्तो कस्तो उपाय लगाउछन् । अब, फेसबुकमा लाइक बढाउनेले अभिनेत्री रिस्ता बस्नेतसँग घुम्न र डिनर खान पाउने भएका छन् । प्रदर्शन मिति तय नगरि प्रचारमा निस्किएको फिल्म ‘आधा पेज’का निर्माताले यो शैली अपनाएका हुन् ।

 

फेसबुकमा रहेका आधा पेजको लाइक पेजमा सर्वाधिक धेरै इन्भाइट गर्ने ८ शहरका ३/३ जना दर्शकले फिल्मका कलाकारसँग घुम्न र डिनर गर्न पाउनेछन् । समुन्द्र भट्टले निर्देशन गरेको यो फिल्ममा सलोन बस्नेत, रिस्ता बस्नेत, विपना बस्नेत लगायतका कलाकारको अभिनय छ ।

 

काठमाण्डौ, पोखरा, धनगढी, वुटवल, चितवन, हेटौडा, धरान, दमकका दर्शकले यो अवसर पाएका छन् । परी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा लिलाबहादुर न्यौपाने र ज्ञानबहादुर न्यौपाने निर्माता हुन् ।

 

फिल्मको कथावस्तुको बारेमा खुलाइएको छैन । तर, दर्शकलाई सामाजिक संजालमार्फत फिल्मको बारेमा धेरै भन्दा धेरै जानकारी दिन यस्तो उपाय अनपाएको निर्देशकको भनाई छ । रिस्ता र सलोन यस अगाडि ‘होस्टेल’ र ‘एउटा साथी’मा देखिएका थिए ।

Most Visited News (monthly)