मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेताप्रति केकीको आक्रोश

फिल्मीखबर, काठमाडौं, 2015/10/07

देशमा संविधान आएपछि जनता जती खुशी भएका थिए, त्यसको केही दिनमै त्यो खुशी अभावमा बदलिएको छ । संविधानप्रति असन्तुष्टी जनाउदै भारतले नाकाबन्दी लगाएपछि नेपालमा इन्धन अभाव छ । जसको मारमा जनता प्रत्यक्ष रुपमा परिरहेका छन् ।


अभिनेत्री केकी अधिकारीले यसप्रति आक्रोश पोखेकी छिन् । फेसबुकमा स्टाटस लेख्दै उनले तराइको बन्द र नाकाबन्दीलाई जोडेकी छिन् । केकीले लेखेकी छिन्–‘आज हाम्रो तराइले बन्द खेपेको पनि करिब दुई महिना वित्न लागिसक्यो । जिन्दगी कती गाह्रो गरेर कटिरहेको होला, कल्पना गर्दा मात्र पनि लामो सास फेर्न बाहेकको विकल्प छैन मसँग । व्यापार, व्यवसाय धरासायी हुन लाइसक्यो । नाकाबन्दीले थप समस्यामा पारेको छ ।’


केकीले न केही गर्न सकिन्छ न कही गएर कराउन सकिन्छ भन्दै ठाउँमा भएका अनि बोलेर केही हुन सक्ने मान्छेहरु मुखमा वुझो हालेर बसेको देख्दा थुइक्क भन्न मन लागेको लेखेकी छिन् । उनले अरु केही गर्न नसकेपनि जनजिवन सामान्य बनाइदिन आग्रह गरेकी छिन् ।देशमा देखिएको अन्यौलतालाई लिएर अहिले नेपाली फिल्म क्षेत्र पनि चिन्तित देखिएको छ । केही दिन अगाडि कलाकर्मीहरु भारतले लगाएको अघोषित नाकाबन्दीका विरुद्ध सडकमा उत्रिएका थिए ।