मिति : २०८१ वैशाख ६, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनलाइनमा हलचल मच्चाउनेमा प्रियंका पहिलो स्थानमा

एजेन्सी, मुम्बई, 2015/10/08

बलिउड कलाकारहरुको लोकप्रियता विश्वभर नै छ । अहिले हलिउड सिरियल 'क्वान्टि'को खेलेपछि चर्चामा रहेकी अभिनेत्री प्रियंका चोपडाको माग विश्व बजारमा बढेको छ । उनको नाम बिकाएर विश्वभरका ब्रान्ड दर्शक आकर्षित गर्न चाहन्छन् ।

 

इन्टेल सिक्वोरिटीका अनुसार साइबर जगतमा सर्वाधिक हलचल मच्चाउने सेलिब्रेटीको सूचीमा प्रियंका पहिलो नम्बरमा छिन् । साइबर अपराधीहरु विभिन्न वेभसाइटमा मानिसको ध्यान खिच्नका लागि प्रियंकाको नाम सर्वाधिक धेरै प्रयोग गर्ने गरेको इन्टेलले बताएको छ ।

 

यसअघि नायिका आलिया भट्ट यो स्थानमा थिइन् । यसको दोश्रो स्थानमा नायिका श्रद्धा कपुर रहेकी छिन् । तेश्रो स्थानमा भने सबैलाई छक्क पार्दै कमेडियन कपिल शर्माले स्थान जमाएका छन् ।