मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जीवन सुटुक्क अमेरिका

फिल्मीखबर, काठमाडौं, 2015/10/12

अभिनेता जीवन लुईंटेल सुटुक्क अमेरिका पुगेका छन् । बुटबलमा ‘सुब्बासाब’को सुटिङ लगत्तै काठमाडौं आएर आफूले लेखेको कविता संग्रह ‘नायक’ विमोचन गरेका जीवन दशैंको मुखमा अमेरिका उडेका हुन् ।


अमेरिकाबाट फिल्मीखबरसँग कुरा गर्दै जीवनले फिल्म तथा साहित्यिक गतिविधीमा संंलग्नता जनाउन अमेरिका पुगेको जानकारी गराए ।‘केही दिनमै स्टुपिड मनको शो गर्दैछु । त्यो बाहेक अमेरिकामै नायकको पनि फेरि विमोचन गर्ने कार्यक्रम छ,’ जीवनले भने ।


उनले अमेरिकामै रहेका फिल्म 'ठूली' निर्माता पुस्कर पन्तले बनाउन लागेको नयाँ फिल्मको छलफल लागि पनि आफू अमेरिकामा आएको जीवनले बताए । जीवनले भुईंचालो जानु अघि अमेरिकामा नै थिए र उनले ग्रिन कार्डका लागि अप्लाई गरेको खबर बाहिरिएको थियो । भुईंचालो लगत्तै नेपाल आएका जीवन केही समय राहत वितरणमा पनि सक्रिय भएका थिए ।

 

लेखक कृष्ण धरावासीलाई पुस्तक हस्तान्तरण गर्दै जीवन भर्जिनियामा