Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15949 - 15954 of 24018
रेम बिक, पोखरा, 2015-08-06, बिहिवार

नेपाली फिल्म 'धौली'को विशेष प्रदर्शनी पोखरामा हुने भएको छ । यसअगाडि विशेष प्रदर्शनी भैसकेको 'धौली'लाई पुनः पोखरामा तोल्का युनिटी गाईजले प्रदर्शन गर्न लागेको हो । 

फिल्मीखबर, काठमाडौं, 2015-08-06, बिहिवार

अभिनेता अनमोल केसीले आफू ‘होस्टल रिटन्र्स’ मा नरहेको स्पष्टिकरण दिएका छन् । फिल्मीखबरसँग कुरा गर्दै उनले फ्यानलाई नझुक्किन आग्रह गरेका छन् ।
‘होस्टल रिटन्र्सको पहिलो भाग  खेलेकाले धेरैले यसमा पनि मनै छु भन्ठानेर यसका बारेमा बारम्बार सोध्ने गर्नु भएको छ । उहाँहरु सबैलाई जानकारी होस् यसमा म छैन । तर  फिल्मलाई मेरो सफलताको अग्रिम शुभकामना छ,’

फिल्मीखबर, काठमाडौं, 2015-08-06, बिहिवार

यो बर्ष नै धमाका मच्चाउन सफल साउथ फिल्म बाहुबलीले एक प्रश्न दर्शकलाई छाडेर सकिएको छ । फिल्मको अन्तिममा उनका विश्वसनिय पात्र कटप्पाले बाहुबलीको हत्या गर्छन् । बाहुबलीको कटप्पाले हप्या गरे लगतै फिल्म सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2015-08-06, बिहिवार

अभिनेता जीवन लुइटेल अहिले व्यस्त छन् । फिल्म क्षेत्रमा उनको चर्चा बढ्दै गएपछि उनको व्यस्तता बढ्नु स्वभाविक हो । जीवनले आजसम्म अभिनय गरेका फिल्ममा ‘नाई नभन्नु ल’ बाहेक अन्यको चर्चा धेरै छैन । जीवनले पनि संझनलायक फिल्म यही नै गरेको छु भनेर भन्न सक्दैनन् ।

फिल्मीखबर, काठमाडौं, 2015-08-06, बिहिवार

अभिनेता आर्यन सिग्देलले वुधबार आफ्नो ३२ औं जन्मदिन मनाए । जन्मदिन मनाउँदै गर्दा आर्यनलाई धेरैले  उपहार दिए । तर, आर्यनले फिल्म ‘क्लासिक’को यूनिटबाट पाएको गिफ्ट भने विशेष थियो । फिल्म ‘क्लासिक’मा आर्यन गायकको भूमिकामा देखिदैछन् । यसैले पनि उनले फिल्म भित्र गितार बजाउन सिक्नुपर्नेछ । आर्यनलाई भूमिका भित्र अझ डुब्न सजिलो होस् भनेर फिल्म ‘क्लासिक’ यूनिटले उनलाई गितार उपहार दियो ।

फिल्मीखबर, काठमाडौं, 2015-08-05, बुधवार

आर्यन सिग्देलले आफ्ना प्रतिस्पर्धी अभिनेतासँग आफ्नो जन्मदिन मनाएका छन् । आर्यनले बुधबार जीवन लुईटेल र दयाहाङ राईसँग जन्मदिन मनाएका थिए । तीनै जनालाई एक अर्काका प्रतिस्पर्धी अभिनेता मानिन्छ । तर तीनै जनाका बीचमा सम्बन्ध भने सौहाद्र छ जुन आर्यनको जन्मदिनको केक काट्दा पनि देखिएको थियो । अझ आर्यन र जीवन त पारिवारिक रुपमै नजिक छन् । त्यसैगरि दयाहाङ राईको उद्योगका सबैसँग मित्रवत सम्बन्ध छ ।

Results : 15949 - 15954 of 24018