Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15955 - 15960 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-08-05, बुधवार

गत साता वितरित राष्ट्रिय चलचित्र पुरस्कारका विषयमा आफ्ना बारे विभिन्न ब्लग र सामाजिक सञ्जालमा आएका कुरालाई गलत हल्ला भन्दै नायिका नम्रता श्रेष्ठले दुख व्यक्त गरेकी छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टयाटस लेख्दै अनलाइन तथा ब्लगमा आएका समाचार तथ्यहीन भएको बताएकी हुन् । राष्ट्रिय पुरस्कार वितरण समारोहमा आफू चाँडै बाहिरिएको र आफूलाई अवार्ड नदिइएको विषयमा नचाहिँदो अनुमान लगाइएको उनले स्ट्याटसमा लेखेकी छिन् ।

एजेन्सी, मुम्बई, 2015-08-05, बुधवार

बलिउड अभिनेत्री कट्रिना कैफले आफ्नो उमेरमाथि एक अभिनेताले टिप्पणी गरेपछि मन दुखाएकी छिन् । अभिनेता सिद्धार्थ मल्होत्राले कट्रिनाको उमेर माथि टिप्पणी गरेका हुन् । कट्रिना र सिद्धार्थ मल्होत्रा नित्या मेहराको फिल्ममा एकसाथ काम गर्दैछन् ।

फिल्मीखबर, काठमाडौं, 2015-08-05, बुधवार

अभिनेता आर्यन सिग्देल आजबाट ३२ बर्षमा प्रवेश गरेका छन् । ३२ बर्षको उमेरसम्म आइपुग्दा उनले नेपाली फिल्म क्षेत्रमा नाम, दाम र इज्जत सबै कमाएका छन् । फिल्म किस्मतबाट नेपाली फिल्ममा पाइला राखेका आर्यनका लागि यो क्षेत्र नै सबथोक हो ।

फिल्मीखबर, काठमाडौं, 2015-08-05, बुधवार

अभिनेता जीवन लुइटेल र मोडल बर्षा राउतविच काफल पाकेको छ । माघ १ गतेबाट देशभरका हलमा यी दुइविच काफल पाक्न लागेको हो ।नयाँ महिला निर्देशक सावित्री खत्रीले जीवन र बर्षालाई नयाँ फिल्म काफल पाक्योमा जोडी बनाएकी हुन् । फिल्ममा जीवन सोझो यूवक र बर्षा आधुनिक यूवतीको भूमिकामा देखिएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-08-04, मंगलवार

फिल्म ‘सपना तिम्रो मेरो’ को चर्चा बढ्ने क्रममा छ । शुक्रबारबाट फिल्म हलमा प्रदर्शन हुन लाग्दै गर्दा यसको यूनिटले प्रचारका लागि प्रेसमिटको आयोजना गरेको छ । काठमाण्डौमा आयोजना गरिएको प्रेसमिटमा यसका लेखक, निर्माता तथा निर्देशक ऋषिराज आचार्यले फिल्म पूर्ण पारिवारिक भएको दाबी गरे । उनले परिवारसँगै बसेर हेर्न मिल्ने यो फिल्मले प्रेमलाई उठान गरेको बताए ।

फिल्मीखबर, काठमाडौं, 2015-08-04, मंगलवार

कमेडियन निर्मल शर्मा निर्देशक तथा अभिनेत्री पूजना प्रधान निर्मात्री बनेको फिल्म ‘चकलेट’ले प्रदर्शन मिति तय गरेको छ । वितरण कम्पनी एफडीले वितरण गर्ने यो फिल्म आउँदो मंसीरको आठ गते रिलिज हुनेछ ।निर्देशक निर्मल शर्माले एफडीका पदाधिकारीसँग गरिएको सम्झौता फेसबुक मार्फत सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय भएको जानकारी बाँडेका हुन् ।

Results : 15955 - 15960 of 24018