मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आदित्य चोपडाको फिल्ममा रनवीर–बाणीको जोडी

एजेन्सी, मुम्बई, 2015/10/13

लामो समयको सस्पेन्स खत्तम गर्दै आदित्य चोपडाले आफ्नो नयाँ फिल्म ‘बेफिकर’को जोडी फाइनल गरेका छन् । करिब ९ वर्षको अन्तरालमा निर्देशनमा फर्कन लागेका चोपडाले रनवीर सिंह र बाणी कपुरलाई लिडमा फाइनल गरेका हुन् । दुवै पहिलो पल्ट एक साथ पर्दामा देखिन लागेका हुन् ।


दुवैलाई आदित्य चोपडाले नै फिल्ममा ब्रेक दिएका थिए । रनवीरले यशराज ब्यानरको ‘ब्यान्ड बाजा बारात’बाट अभिनय यात्रा थालेका थिए भने वाणीले पनि यशराज ब्यानरकै ‘शुद्ध देशी रोमान्स’बाट अभिनय थालेकी थिइन् । आफूले लन्च गरेका कलाकार भएकै कारण  आदित्यले अन्य स्टार छाडेर रनवीर र वाणीलाई छानेको धेरैको अनुमान छ ।



आदित्यले ९ वर्ष अघि ‘रब ने बना दीप् जोडी’ निर्देशन गरेका थिए । अनुष्का शर्माको डेब्यु रहेको सो फिल्म पश्चात् चोपडा फिल्म निर्माणमा मात्र संलग्न थिए ।रणवीरलाई लिएसँगै आदित्यले शाहरुखको साथ पनि छाडेका छन् । यसअघि आदित्यले निर्देशन गरेका ‘दिलवाले दुल्हनिया ले जाएँगे’, ‘मोहब्बते’ र ‘रब ने बनादी जोडी’ सबैमा शाहरुख मुख्य भूमिकामा थिए ।