मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राज्यले नसम्झेकोमा मुरलीधरलाई दु:ख

फिल्मीखबर, काठमाडौं, 2015/10/13

उडायो सपना सबै हुरीले बोलको गीत गाएर चर्चामा आएका थिए गायक तथा कलाकार मुरलीधर । उनले थुप्रै फिल्ममा अभिनय पनि गरेका छन् । यस्तै, उनले हालै मात्र प्रदर्शनमा आएको निखिल उप्रेती निर्देशित फिल्म भैरवमा पनि काम गरे । उनै मुरलीधर लामो समयपछि काठमाण्डौमा देखा परे ।

 

काठमाण्डौमा सम्पन्न तेश्रो इनास अवार्डमा उनी देखा परे । उनले स्टेजमा एक स्वाभिमानी गीत पनि गाए । तर मुरलीधरले आफूलाई राज्य र कुनै संघसंस्थाले नसंझेकोमा दुख व्यक्त गरे । उनले आजसम्म आफू  यसका लागि लायक नभएको भन्दै राज्यले र नेपालका कुनै संघसंस्थाले नसंझेको हुन सक्ने पनि बताए । इनासले उनलाई विशेष सम्मानबाट सम्मानित गरेको हो । कार्यक्रममा सहभागी हुनका लागि उनी शनिबार नेपाल आएका थिए ।

 

मुरलीधरले आफूलाई इनासले सम्मान गरेको भन्दै खुशी भएको र आजको दिन आफ्ना लागि विशेष भएको बताए । मुम्बइमा बस्न थालेपछि उनले केही नेपाली फिल्ममा काम गरेका छन् । तर, मुरलीधरलाई नेपाली फिल्म सम्बन्धी संघसंस्था र राज्यले आजसम्म सम्झेको भने थिएन ।