मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अमिताभले भने–'हामीसँग पनि दिल छ’

एजेन्सी, मुम्बई, 2015/10/12

बलिउड अभिनेता अमिताभ बच्चनले आफूहरुसँग पनि दिल भएको बताएका छन् । आफूहरु पनि आम मानिस जस्तै भएको भन्दै खलनायक नसोच्न आग्रह गरेका छन् । अमिताभले जब देशमा संकट पर्छ त्यतिबेला कलाकार नै अगाडि आउने गरेको बताए ।



समाजको मद्दतका लागि मनोरञ्जन जगत सधै नै अगाडि आएको अमिताभको भनाई छ । अमिताभ बच्चनसँगै साहरुख खान, अक्षय कुमार लगायतका कलाकार कन्सर्ट गरेर गरिब किसानहरुको सेवा गर्न जादैछन् ।

 

आज कि रात हे जिन्दगी नामक कार्यक्रमको सुरुवात गर्दै उनले यस्ता बिषयमा सधै नै कलाकारलाई अगाडि ल्याइने गरेको र नआएको खण्डमा आलोचना गर्ने गरेको बताए । अमिताभले समाजका लागि गरेका विभिन्न कामका लागि आफूलाई कुरा गर्न अप्ठ्यारो लाग्ने पनि सुनाए । अमिताभले आफूले आत्महत्या गर्ने सोचाइमा रहेका ५० किसानलाई मद्दत गरेको पनि बताए ।