मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्रिकेटको कथा बनाउदा निर्माता दंग

फिल्मीखबर, काठमाडौं, 2015/10/12

बिषयवस्तु फरक भएको खण्डमा पनि त्यसले दर्शकलाई आकर्षित गर्छ । नेपाली फिल्ममा प्रेम कथामा बिषय धेरै बन्ने गरेका छन् । तर, निर्देशक वीवी फुयाँलले बनाएको फिल्म च्याम्पिएनले भने क्रिकेटको कथालाई उठाएको छ । हाल यो फिल्मको एफडी मा धमाधम डबिङ कार्य भैरहेको छ ।



यही फिल्मबाट निर्माता बनेका कृष्ण पोख्रेलले फिल्म सोचेको भन्दा राम्रो बनेको बताए । सम्पादन र डविङ हेरिसकेपछि उनले आफूले गरेको लगानी सही ठाउँमा परेको भन्दै खुशी व्यक्त गरे । फिल्ममा केही भीएफएक्सका दृश्य पनि समावेश छन् ।



नेपालमा क्रिकेटको क्रेज बढ्दै गएको अवस्थामा दर्शकले पनि च्याम्पिएनलाई मन पराउने विश्वास निर्देशक फुयाँलको छ । फिल्ममा मुख्य क्रिकेटरको भूमिकामा कलाकार दिकपाल कार्कीले काम गरेका छन् । यो फिल्ममा अन्डर १९ राष्ट्रिय टिमका क्रिकेट खेलाडीले पनि अभिनय गरेका छन् । दिकपाललाई नयाँ अनुहारको रुपमा कलाकार मञ्जिता केसीले का गरेकी छिन् । फिल्मको प्रदर्शन मिति भने तय भएको छैन ।