मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म क्षेत्रमा निरन्तरता दिन्छु : श्वेता खड्का

फिल्मीखबर, काठमाडौं, 2015/10/12

दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ पत्नी तथा अभिनेत्री श्वेता खड्काले फेरि पनि आफूले फिल्म क्षेत्रलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएकी छिन् । सोमबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित इनास अवार्डमा उपस्थित हुँदै श्वेताले यस्तो प्रतिबद्धता दोहोर्याएकी हुन् । श्वेताले गत साउनमा आयोजित श्रीकृष्णको वाषर््िाकी कार्यक्रममा पनि फिल्म क्षेत्रलाई कुनै न कुनै हिसाबले निरन्तरता दिन चाहेको धारणा व्यक्त गरेकी हुन् ।अन्तराष्ट्रिय कलाकार समाजले आयोजना गरेको इनास अवार्डले श्रीकृष्ण श्रेष्ठलाई मरणोपरान्त ‘अमरतारा’ सम्मान प्रदान गरेपछि सोही सम्मान लिन श्वेता कार्यक्रममा उपस्थित थिइन् ।

 

सम्मान ग्रहण पछि छोटो मन्तव्य राख्दै श्वेताले भनिन्, ‘उहाँले जीवनको अन्तिम समयसम्म पनि यो क्षेत्रका लागि योगदान गरेर जानु भयो । यो सबै तपाईंहरु तथा दर्शकको मायाले सम्भव भएको हो । मलाई पनि त्यत्तिकै साथ दिनुभयो भने यो क्षेत्रमा फेरि फर्कनेछु’ श्वेताले भनिन् ।‘कहाँ भेटिएला’मा सँगै अभिनय गर्दै प्रेम सम्बन्ध गाँस्न पुगेका श्वेता  र श्रीकृष्णको गत वर्षको असार महिनामै विवाह भएको थियो । तर विवाह लगत्तै बिरामी परेका श्रीकृष्णको उपचारकै क्रममा भारतमा निधन भएको थियो ।