
बलिउड अभिनेत्री आलिया भट्टले अर्की अभिनेत्री कट्रिना कैफको बारेमा बोलेको एक कुराले अहिले चर्चा पाइरहेको छ । एक पुस्तक सार्वजनिक कार्यक्रममा एकसाथ पुगेका कट्रिना र आलिया कानेखुशी गरेको कुराले अहिले बलिउड तात्तिएको हो ।

स्व. निर्देशक दीपक रायमाझीको ‘ड्रिम प्रोजेक्ट’ का रुपमा रहेको फिल्म डेस्टिनेशन काठमाडौं १५ असोजमा देशब्यापी प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्माता शरद अधिकारीका अनुसार ‘डेष्टिनेशन काठमाडौं’को स्वदेशका साथै थुप्रै मुलुकका एकसाथ प्रदर्शन गरिदैछ ।

हाँस्य कलाकार दीपाश्री निरौला आज आफ्नो जन्मदिन मनाउँदैछिन् । जन्मदिनको दिनमा आफ्नो फिल्म प्रचारका लागि दीपा मोफसलमा छिन् । फिल्म ‘वडा नम्बर ६’ को टिमसँगै दीपाले जन्मदिनको खुशीयाली साटेकी हुन् ।

भाद्र २५ देखि प्रदर्शनमा आउने फिल्म लभ सब युनिट राजधानीको न्याथम कलेजमा आयोजित एक बृहत कार्यक्रममा प्रोमोशनका क्रममा भेटिए । हजारौं सँख्यामा उपस्थिति युवा दर्शकका बिचमा फिल्मका प्रमुख कलाकार सलोन बस्नेत, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी सँगै निर्माता शुसिल पोखरेल र निर्देशक देव कुमार श्रेष्ठले फिल्मको बिषयमा बताए ।

अडिसन मार्फत् कलाकारको खोजी गरेको ‘नाई नभन्नू ल ४’ निर्माण समूहले अन्ततः मुख्य भूमिकामा अभिनय गर्ने कलाकारहरु टुंगो लागेको जानकारी गराएको छ । निर्देशक बिकास आचार्यले दुई हिरोइन फाइनल गर्दै फिल्ममा कलाकारको खोजी पूरा भएको जानकारी गराएका हुन् ।

नेपाली फिल्म ‘वडा नम्बर ६’ ले पोखराबाट प्रचार शुरु गरेको छ । नेपाल बन्द भएपनि दिपकराज गिरी र दीपाश्री निरौलाको आग्रहमा आईतबार पोखरामा अयोजित पत्रकार सम्मेलनमा धेरै पत्रकारहरु सहभागी भएका थिए ।

