मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

१० लाख लिने हिरोलाई मनपर्दैन आफ्नै अभिनय

फिल्मीखबर, काठमाडौं, 2015/11/09

अभिनेता अनमोल केसीले फिल्म गाजलुका लागि १० लाख पारिश्रमिक लिएको स्विकार गरेका छन् । उनले आफू अन्य अभिनेताले जस्तो एउटा फिल्मको छायांकन नसक्दै अर्को फिल्मको पछि नदौडने भन्दै काम गर्न लागेको फिल्मप्रती समर्पित हुने बताए । यसैले पनि १० लाख पारिश्रमिक लिएको अनमोलको भनाई छ ।


अनमोललाई आफूले गरेको अभिनय आफूलाई नै मनपर्दैन । फिल्म ‘होस्टेल’ र ‘जेरी’मा अभिनय गरेका अभिनेताले आफ्नो अभिनय आफैलाई मन नपर्ने स्विकार गरेका हुन् । फिल्म ‘जेरी’मा अनमोलको अभिनय भन्दा लुक्सको चर्चा धेरै भएको थियो ।अनमोल फिल्म ‘गाजलु’का लागि आफनो शरीर बनाइरहेका छन् । अनमोलको अभिनयको भन्दा लुक्सको चर्चा धेरै भएपछि उनी अहिले अभिनयमा पनि ध्यान दिइरहेका छन् ।