आउँदो पौष १० गते देखि फिल्म ‘टिस्टा पारीको साइनो’ प्रदर्शनमा आउने भएको छ । शनिबार राजधानीको पाँच तारे होटलमा प्रेस मिट गर्दै यो सिक्किमेली फिल्मको बारेमा जानकारी गराइयो । सिक्किम सरकारका मन्त्री गर्जमान गुरुङले फिल्मको ट्रेलर तथा गीतहरु सार्वजनिक गरे । खिल बहादुर गुरुङको कथा तथा निर्देशन रहेको फिल्मले अन्तरदेशीय प्रेम सम्बन्धलाई विषय बनाएको छ । निर्देशकले फिल्मले गुरुङ समुदायमा प्रचलित घाँटु नाचलाई जोड्ने सम्बन्धलाई प्रस्तुत गरेको जानकारी दिए ।
‘गोरखा लाप्राकको गाउँले केटो र टिष्टाकी युवतीको प्रेम सम्बन्ध फिल्मको मुख्य विषय हो । लिम्बू संस्कृतिको परिवेशमा हुर्केको प्रेम सम्बन्धलाई फिल्मले रोचक तवरले पस्केको छ,’ निर्देशक तथा कलाकार खिल गुरुङले भने, ‘यो फिल्मले सिक्किम र नेपाललाई जोड्ने काम गर्छ । दर्शकले रुचाउनेमा म विश्वस्त छु ।’ वाइ के.मेघी गुरुङ र रोजर गुरुङको संयुक्त निर्माण रहेको फिल्म ‘टिस्टा पारीको साइनो’ मा निर्देशक सहित अमिर गुरुङ लगायत कलाकारहरुको अभिनय रहेको छ ।

