Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोललाई अगाडि सार्दै ५ वर्षपछि सुष्मिताको कमव्याक

फिल्मीखबर, काठमाडौं, 2015/11/08

भुवन केसीसँगको डिभोर्स पछि फिल्म क्षेत्रबाट टाढारहेकी सुष्मिता केसी ५ वर्ष पछि अभिनयसँगै निर्माणमा फर्कने भएकी छिन् । छोरा अनमोल केसीलाई निर्माताको रुपमा अगाडि सार्दे सुष्मिताले आइतबार नयाँ फिल्म ‘ ‘म त तिम्रै हुँ’ शीर्षकको फिल्म घोषणा गरेकी हुन् । 

 

आइतबार थापाथलीस्थित एक ब्याङक्वेटमा औपचारिक कार्यक्रम गर्दै फिल्मको घोषणा गरियो । फिल्ममा अनमोल विशुद्व निर्माताको भूमिका मात्र निर्वाह गर्नेछन् । अनमोलले आफू खेल्दा फिल्मको कथा पहिले नै खुल्ने भएकाले नखेलेको संकेत गरे ।‘फिल्ममा युवापुस्ताको दैनिकी समेटिएको छ । आमा छोरा बीचको सम्बन्ध फिल्मको मुख्य कथा हो ।  मेरो उपस्थितिले कथाको रहस्य खुल्ने डर भएकाले निर्माताको रुपमा मात्र सहभागि भएको हुँ,’ अनमोलले भने ।


फिल्म क्षेत्रमा लगभग निस्क्रिय रहेकी उनले पूरानै माहोलमा फर्किएको बताउँदै पहिला झैं आगामी दिनमा पनि सबैबाट सहयोगको अपेक्षा राखेको बताइन् ।फिल्ममा डेब्युडन्टहरुको बाहुल्यता रहेको छ । आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्स्ना योगी, अनुपम श्रेष्ठ, सुशन श्रेष्ठले यही फिल्मबाट अभिनय यात्रा सुरु गर्नेछन् । निर्देशक श्रीराम महतले पनि निर्देशनमा यही फिल्मबाट डेब्यु गर्नेछन् ।

 

त्यसैगरी फिल्ममा विजय लामा र सुष्मिताको पनि महत्वपूर्ण भूमिका रहेको छ ।फिल्ममा सौरभ लामाको छायांकन,कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको द्वन्द्व निर्देशन, हर्कुलिस बस्नेतको संगीत , कृष्ण आचार्यको पटकथा सम्वाद रहेको छ । फिल्ममा  सुभाष थापाको पनि लगानी रहनेछ ।

Most Visited News (monthly)