Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15871 - 15876 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-08-27, बिहिवार

५ बर्षपछि बलिउडमा फर्कन लागेकी अभिनेत्री ऐश्वर्या राय बच्चनले आफूलाई फिल्म ‘जज्बा’मा काम गर्दा सहज भएको बताइन् । उनले यसरी काम गर्न सहज हुनुको पछाडि अभिनेता सहकर्मी इरफान खानको मुख्य हात रहेको खुलाएकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2015-08-27, बिहिवार

असोज १ गतेबाट चल्ने फिल्म ‘वडा नम्बर ६’ को ट्रेलर सार्वजनिक भएको छ । यसका निर्माता दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले फिल्मको टिजर यसअगाडि सार्वजनिक गरेका थिए । तर, पनि फिल्मको भित्री कथा के हो भन्ने खुलेको थिएन ।

फिल्मीखबर, काठमाडौं, 2015-08-27, बिहिवार

काठमाण्डौको र्‍याडिसन होटलमा निकै तामझामका साथ सुरु भएको फिल्म ‘हाउ फन्नी’ अहिले हराएको छ । फिल्म चलाउने भनेर केही मिति तय भएपनि आउन सकेन । नेपालका चर्चित कलाकारलाई राखेर निलु डोल्मा शेर्पाले निर्देशन गरेको फिल्ममा पूर्व मिस नेपाल माल्भिका सुब्बा पनि कार्यकारी निर्माताको रुपमा जोडिएकी छिन् ।

एजेन्सी, मुम्बई, 2015-08-26, बुधवार

बलिउड अभिनेत्री प्रिती जिन्टाले आफूलाई साहरुखले धेरै रुवाएको खुलाएकी छिन् । ट्विटरमा फ्यानहरुसँग कुरा गर्दै उनले आफूलाई साहरुखसँग काम गर्दा धेरै रुन आउने बताइन् । इमोशनल दृश्यमा आफू धेरै रोएको भन्दै साहरुखले मात्र आफूलाई रुवाउन सक्ने उनले बताएकी थिइन् ।

फिल्मीखबर, काठमाडौं, 2015-08-26, बुधवार

निखिल उप्रेतीको निर्देशन र अभिनयमा तयार भएको फिल्म ‘भैरव’ले केही समयको तनावछि पीजी सर्टिफिकेट पाएको छ । चलचित्र सेन्सर बोर्डले पास गर्न नसकेपछि गृहका पदाधिकारीले मंगलबार फिल्म हेरेका थिए । गृह पदाधिकारीसँगै प्रहरी प्रशासनले पनि फिल्म हेरेको थियो ।

एजेन्सी, मुम्बई, 2015-08-26, बुधवार

बलिउड नायक सन्जय दत्त फेरि एकपटक जेलबाट बाहिर आउने भएका छन् । उनलाई ३० दिनका लागि प्यारोल दिइएको छ । उनले आफ्ना छोरा इकराको स्वास्थ्य खरावीका कारण प्यारोल मागेका थिए । जुनमा उनले मागेको प्यारोलको माग पूरा भएको हो । २ दिन अगाडि पुणेका डिभिजन कमिश्नरले संजयलाई जेलबाट बाहिर निस्कने अनुमति दिएका थिए ।

Results : 15871 - 15876 of 24018