Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

नेता बन्नुपर्ने निखिल

फिल्मीखबर, काठमाडौं, 2015/11/10

अभिनेता निखिल उप्रेतीको हिजोआजको शैली हेर्दा उनी कुनै नेता भन्दा कम लाग्दैनन् । निखिलमा मुम्बइबाट फर्किएपछि नेता बन्ने शैली देखिएको छ ।मुम्बइबाट फर्किएपछि निखिलको मुखमा अहिले स्वाधिनता, राष्ट्रियता र नेपाली फिल्मको मात्र चर्चा हुन थालेको छ । फिल्म लुटेराको पत्रकार सम्मेलनमा पनि ‘लुटेरा’को बिषयमा बोलिसकेपछि निखिलको मन्तव्य सकियो होला भन्ने धेरैलाई लागेको थियो ।

 

तर, निखिल रोकिएनन् । उनले अब अहिलेको अवस्थाको बारेमा भन्दै मन्तव्य राखे । भारतको अघोषित नाकाबन्दीले नेपालीहरुको आखा खोलेको भन्दै निखिले अब आत्म निर्भरता हुनु पर्ने बताए । निखिलले अरु कुरामा जस्तै फिल्ममा पनि आत्मनिर्भरता हुने दर्शकलाई आग्रह गरे । निखिलले फिल्म जस्तो झुर भएपनि हेरेर नेपाली फिल्मलाई प्रोत्साहन गर्न दर्शकसँग आग्रह गरे ।


उनले नेपाली फिल्म सिंगाने भएपनि आफ्नो छातीमा टाँस्न आग्रह गरेका छन् । नाकाबन्दीमा अभाव भएपनि थोरै खाएर स्वाधिनता जोगाउन निखिलको आग्रह थियो ।निखिलले आफूले यो कुरा दोहो¥याउँदै छु भन्दै नेपाली फिल्मलाई दर्शकले साथ दिएको खण्डमा विश्व बजारमा पुग्ने दाबी गरे । निखिलको कुरा कुनै नेताको भाषण भन्दा कम थिएन ।

Most Visited News (monthly)