
अनु शाह नेपाली फिल्म क्षेत्रमा वैकल्पिक अभिनेत्रीको रुपमा चिनिन्छिन् । उनको चर्चा खासै नभएपनि उनले फिल्म भने पाइनै रहेकी छिन् ।अनुले अभिनय गरेका धेरै फिल्म सफल छैनन् । यसैले पनि उनको चर्चा कम भएको हुनसक्छ । उनै अभिनत्रीले अभिनय गरेको आशातित फिल्म भैरव अर्को साता प्रदर्शनमा आउँदैछ ।

विवाह भएको महिना दिन भैसक्दा पनि हनिमुनका लागि पत्नी मिरालाई लिएर जान पाएका थिएनन्, अभिनेता साहिद कपुरले । साहिद विहे लगतै आफ्नो रियालिटी शो झलक दिखलाजामा व्यस्त बने । यो शोमा साहिद जज छन् ।

बलिउड अभिनेत्री कट्रिना कैफको चर्चा खुबै छ । तर, उनले आफू भन्दा एक जुनियर कलाकारसँग हार खानु परेको छ ।

अहिले बलिउडमा दीपिका पादुकोण, करिना कपुर, प्रियंका चोपडा, कट्रिना कैफको चर्चा ज्यादा सुनिन्छ । तर, कमै मात्र मिडियामा आउने अभिनेत्री कंगना रनावत यी सबै भन्दा अगाडि देखिएकी छिन् ।

काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म `परदेशी` को प्रोमो र दुई गीत पत्रकारमाझ देखाएको छ जसलाई उपस्थित सबैले रूचाएको पाईयो ।


