
सन् २०१० की मिस नेपाल सेकेण्ड रनर अप सन्युक्ता तिम्सिनाले भारतको सोनी टेलिभिजनबाट प्रसारण हुने ‘२०२५ जाने क्या होगा आगे’मा मुख्य भूमिकामा अभिनय गर्दै टेलिभिजनमा डेब्यु गर्ने भएकी छिन् ।

बलिउड अभिनेता अक्षय कुमारलाई बर्ष २०१५ खुबै फापिरहेको छ । यो बर्ष उनको ३ वटा फिल्म प्रदर्शनमा आइसकेका छन् । जसमा बेबी, गब्बर इज ब्याक र ब्रदर्स छन् । यो बर्ष उनको ‘सिंग इज ब्लिङ्ग’ प्रदर्शन हुन बाँकी रहेको फिल्म हो ।

अवार्ड मिति नजिकिदै गएपछि नेपाल फिल्म प्राविधिक संघले कलाकारसँग विशेष छलफल आयोजना गरेको छ । अध्यक्ष मनोज केसीको साथमा नेफ्टाका सदस्यहरुले कलाकारहरुसँग अब कसरी अगाडि जाने भन्ने बिषयमा छलफल गरेका हुन् ।

अभिनेत्री रेखा थापाले शनिबार छुट्टै खालको सरप्राइज पाइन् । ललित ब्यूटिसियन सहकारी संस्थाले आयोजना गरेको ‘तीज माइती मेला २०७२’ कार्यक्रममा रेखा सम्मान थाप्न गएकी थिइन तर शनिबार नै जन्मदिन परेकी रेखालाई आयोजकले केक समेत काट्ने व्यवस्था गरिदिए ।

प्रधानमन्त्री सुशील कोइरालाले विश्वेश्वर प्रसाद कोइरालाको कृति ‘तीन घुम्ती’माथि बनेको फिल्म हेर्दै फिल्म भित्र इन्द्रमायाको रुपमा अभिनय गर्ने गरिमा पन्तको अभिनयको तारिफ गरेका छन् । शनिबार जय नेपाल हलमा आयोजित प्रथम प्रदर्शनमा पूरा समय फिल्म हेर्दै गरिमाको काम मन परेको प्रतिक्रिया दिएका हुन् ।

अभिनेत्री रेखा थापा आज आफ्नो ३२ औं जन्मदिन मनाउँदैछिन् । रेखाले जन्मदिन मनाउँदै गर्दा आफूलाई देशको चिन्ता पनि लागेको बताइन् । देशको बिग्रदो अवस्थाका कारण आफूलाई जन्मदिन मनाउन कुनै उमंग नभएको रेखाको भनाई छ ।

