Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रज्जो’लाई मन पर्छ ‘क्विन’

एजेन्सी, मुम्बई, 2015/11/09

ज्यादाजसो समय बलिउड अभिनेत्रीहरु एक अर्काको कुरा काट्न व्यस्त हुन्छन् । फिल्म हिट हुँदा आरिस गर्ने र फ्लप हुँदा खुच्चिङ गर्नमा माहिर नै छन् । तर ‘रज्जो’ उर्फ सोनाक्षी सिन्हा भने राम्रो काम गर्ने अभिनेत्रीको प्रशंसा गर्न पनि पछि पर्दिनन् । हालसालै पनि उनले एक कुराकानीमा आफूलाई कंगना रनावत प्रतिभाशाली लाग्ने बताइन् ।

 

एक च्याट शोमा कुराकानी गर्दै उनले कंगनाका फिल्म र व्यक्तित्व दुवै मनपर्ने बताइन् । त्यसैगरी सोनाक्षीले कंगना पछि आलिया भट्ट प्रतिभाशाली लाग्ने रहस्य उद्घाटन गरिन् । सोनाक्षी सिन्हाको सन् २०१५मा कुनै पनि फिल्म रिलिज भएनन् । उनले सन् २०१६मा रिलिज हुने फिल्म ‘अकिरा’ आफ्ना लागि पनि प्रतिक्षित फिल्म रहेको उनको दाबी थियो ।
‘अकिरा’मा उनलाई गम्भिर भूमिकामा देख्न सकिनेछ । यसअघि सोनाक्षीले गम्भिर भूमिकामा अभिनय गरेको ‘लुटेरा’ धेरैले मन पराएका थिए ।

Most Visited News (monthly)