Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15877 - 15882 of 24018
एजेन्सी, मुम्बई, 2015-08-25, मंगलवार

अभिनेत्री ऐश्वर्या राय 'जब्बा' फिल्म मार्फत आफ्नो बुलन्द अभिनयका साथ पर्दामा देखिएकी छिन् । सन् २०१० मा 'रोबोट', 'एक्सन रिप्ले' र 'गुजारिस'मा अभिनय गरेपश्चात ऐश्वर्या फिल्म क्षेत्रबाट टाढा भएकी थिईन् । 

फिल्मीखबर, काठमाडौं, 2015-08-25, मंगलवार

 नेपाल चलचित्र समीक्षक समाजले दोस्रो नेपाल फिल्म क्रिटिस्ट अवार्डको विजेताको नाम सार्वजनिक गरेको छ । समाजका अध्यक्ष यज्ञशको नेतृत्वमा मंगलबार बसेको बैठकले उत्कृष्ट फिल्म ‘कबड्डी’, उत्कृष्ट निर्देशक ‘निश्चल बस्नेत (टलकजंग भर्सेस टुल्के)’, उत्कृष्ट पटकथा ‘रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी)’, उत्कृष्ट अभिनेता ‘ दयाहाङ राई (कबड्डी)’, उत्कृष्ट अभिनेत्री ‘प्रियंका कार्की (सुन्तली)’, उत्कृष्ट छायांकन ‘अन्ड्रा बेलिसिया (सुन्तली)’, उत्कृष्ट सम्पादन ‘ बनिस शाह र मिलन श्रेष्ठ (तान्डव)’ र पाश्र्व संगीत ‘जेसन कु“वर (टलकजंग भर्सेस टुल्के) विधातर्फ अवार्ड दिने टुंगो लगाएको हो ।

एजेन्सी, मुम्बई, 2015-08-25, मंगलवार

अभिनेता सलमान खान अहिले प्रेम रतन धन पायो नामक फिल्ममा काम गरिरहेका छन् । यो फिल्मको काम सके लगतै सलमान यशराज ब्यानरको फिल्म सुल्तानमा व्यस्त हुनेछन् । सलमान खानको हातमा थुप्रै फिल्म भएपनि उनले समय दिन सकिरहेका छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2015-08-25, मंगलवार

नेपाली फिल्म क्षेत्रमा पनि अचम्म अचम्मका कुरा देख्न पाइन्छ । अहिले फिल्म ‘वडा नम्बर ६’ को प्रचारका लागि यसका मुख्य कलाकार दिपकराज  गिरी र दीपाश्री निरौला मोफसल पुगेर फर्किएका छन् । काठमाण्डौ बाहिर गरिएको प्रचारमा यसका निर्देशक उज्ज्वल घिमिरे र अन्य कलाकार कोही पनि देखिएनन् ।

फिल्मीखबर, काठमाडौं, 2015-08-25, मंगलवार

हाँस्य कलाकार जितु नेपालले विदेशमा रहेका नेपालीहरुलाई २ वटा कुरा छाड्नका लागि आग्रह गरेका छन् । ३ महिने कार्यक्रमका लागि अमेरिका उड्नु अघि जितुले विदेशमा रहेका नेपालीलाई पार्टी र जात छाड्न आग्रह गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-08-24, सोमवार

प्रदर्शन हुन करिब ४ दिन मात्र बाँकी रहँदा अभिनेता निखिल उप्रेती निर्देशित र अभिनित फिल्म भैरव सेन्सरको झमेलामा पर्ने देखिएको छ । फिल्म हेरिसकेपछि चलचित्र सेन्सर बोर्डले गृह मन्त्रालयलाई गुहारेको छ ।

Results : 15877 - 15882 of 24018