Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15865 - 15870 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-08-29, शनिवार

निखिलको उप्रेतिको कमव्याक मानिएको फिल्म ‘भैरव’ले दुई दिनमा १ करोड भन्दा बढी कमाई गरेको छ । फिल्म वितरकहरुले दुई दिनमै करोडको आँकडा छोएको बताएका छन् । काठमाडौं र मोफसलका केही ठाउँमा मात्र रिलिज भएको फिल्मबाट भएको कमाईलाई कीर्तिमानी मानिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-08-29, शनिवार

अभिनयमा व्यस्त अभिनेत्री  प्रियंका कार्कीले आफ्नो आवाजमा नयाँ गीत रेकर्ड गराएकी छिन् ।  उनले बच्चु कैलाशको आवाजमा पहिले नै रेकर्ड भएको ‘तिम्ले त हैन’ बोलको गीतलाई पुनः गाउँदै गायनमा निरन्तरता दिन लागेकी हुन् । भिडियो समेत बनेको गीतलाई क्षेत्रप्रताप अधिकारीले लेखेका हुन् भने गीतमा संगीत नातिकाजीको रहेको थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-08-28, शुक्रवार

भैरवले रिलिजको पहिलो दिन नै आक्रामक व्यापार गरेको वितरण कम्पनीले जनाएको छ । वितरक कम्पनी एफडीले चारै शोमा दर्शकको उल्लेख्य उपस्थिति रहेको जनाएको छ ।
फिल्मले अपेक्षा अनुसार मल्टिप्लेक्समा भन्दा सिंगल थिएटरमा राम्रो व्यापार गरेको एफडीका बिक्रम पराजुलीले जानकारी गराए ।

फिल्मीखबर, काठमाडौं, 2015-08-28, शुक्रवार

नेपाली संस्कृति, मौलिकता झल्काउने कथामा फिल्म ‘उहिले बाजेको पाला’मा निर्माण भएको छ । मंसिर ४ गते चल्ने यो फिल्मले नेपालको पूरानो कथावस्तुलाई मनोरञ्जन दिने ढंगले प्रस्तुत गरेको निर्माता, निर्देशक गणेश बेलवासेले बताए ।

एजेन्सी, मुम्बई, 2015-08-28, शुक्रवार

बलिउडमा अभिनेत्री कट्रिना कैफको अहिले खुबै चर्चा छ । कट्रिनालाई लिएर फिल्म बनाउन चाहने निर्माताको संख्या कम छैन । तर, अभिनेत्री कैफ भने आफू यशराज ब्यानरका लागि जोकर पनि बन्न तयार रहेको बताउँछन् । कट्रिनाले बलिउडमा फिल्म रोज्दा खुबै सोच्ने गरेको बताइन् । तर, जब यशराज ब्यानरको कुरा आउँछ, म जोकरको भूमिका पनि गर्न तयार छु, उनले भनेकी छिन् ।

फिल्मीखबर, काठमाडौं, 2015-08-27, बिहिवार

हाँस्य कलाकारले हरेक वर्ष गर्दै आएको गाईजात्रालाई यो वर्ष पनि निरन्तरता दिने भएका छन् । हाँस्य कलाकारले आउँदो शनिबारदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा गाईजात्रा पस्कन लागेका हुन् । हाँस्य कलाकारकै अर्को समूहले भने पोखराको पार्टी प्यालेसनमा तीन दिन हाँस्य कलाकार प्रस्तुत गर्नेछन् ।

Results : 15865 - 15870 of 24018