Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15895 - 15900 of 24289
फिल्मीखबर, काठमाडौं, 2015-11-06, शुक्रवार

फिल्मको कुरा गर्ने हो भने प्रियंका अभिनेत्री, दीपा निर्मात्री । दुबैलाई एक अर्काको संगत गर्दा खुबै फाइदा छ । प्रियंकालाई दीपाको निर्माणमा बनेको फिल्ममा काम गर्दा चर्चा र हिट हुन पाइन्छ भन्ने थाहा छ । दीपालाई अहिले अरु भन्दा केही अगाडि देखिएकी अभिनेत्रीलाई फिल्ममा लिदा फाइदा हुन्छ भन्ने थाहा छ । यसैले पनि दीपा र प्रियंकामा अनौठो किसिमको प्रेम बढेको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-11-06, शुक्रवार

नेपाली चलचित्र विकास बोर्डका सदस्य तथा फिल्मकर्मी सुरेश दर्पण पोख्रेललाई अभिनेत्री जल शाहले सरप्राईज बर्थडे पार्टी दिएकी छिन् । जलले अमेरिकाको साल्ट लेक सिटीमा अवस्थित आफ्नै निवासमा सुरेशलाई जन्मदिनको पार्टी दिएकी हुन् ।   

एजेन्सी, मुम्बई, 2015-11-05, बिहिवार

बलिउडमा फिल्म जतिसुकै फ्लप किन नहोस् स्टार पुत्र हुनुपर्छ रोमान्स गर्ने हिरोइनको कुनै कमी हुन्न । आदित्य पन्चोली पुत्र सुरज पंचोलीको हकमा पनि अहिले यही सत्य लागू भएको देख्न सकिन्छ । सलमान खान जस्तो गडफादर पाउँदा पनि सुरजको डेब्यु फिल्म ‘हिरो’ नराम्ररी जिरो भयो । सलमानको लाख प्रयासका बावजुद पनि दर्शक फिल्म हेर्न आएनन् ।

फिल्मीखबर, काठमाडौं, 2015-11-05, बिहिवार

फिल्म ‘लुट’ र ‘टलकजंग भर्सेस टुल्क’े निर्देशन गरेपछि एकाएक चर्चामा आएका निर्देशक हुन् निश्चल बस्नेत । नेपालीपन मिसिएको आधुनिक शैलीको फिल्म बनाउन निश्चल सफल छन् । निश्चलका फिल्म सिंगल भन्दा मल्टिप्लेक्स हलमा सफल मानिएका छन् । हुनत, उनी विभिन्न समयमा विभिन्न कुराले विवादमा पनि आइरहन्छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-11-05, बिहिवार

अभिनेत्री करिश्मा मानन्धर पुग्ने अधिकांश कार्यक्रममा उनको सुन्दरता र पहिरनको नै चर्चा हुन्छ । करिश्मा विवाहित हुन्, तर उनी कार्यक्रममा प्रायः एक्लै पुग्छिन् । कहिलेकाही पति विनोद मानन्धरसँग पुगिहाले पनि विनोद सकभर करिष्मासँग दूरी बनाएर बस्छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-11-05, बिहिवार

अभिनेत्री ऋचा शर्माले एक पटक फेरि आफूलाई अब्बल कलाकार देखाउने प्रयास गरेकी छिन् । जिवन्त अभिनय गरेर अवार्ड समेत हात पार्दै आएकी ऋचा 'को आफ्नो' नामक फिल्ममा यस्तो गेटअपमा प्रस्तुत भएकी छिन् कि दर्शकले चिन्न हम्मे-हम्मे नै पर्छ ।

Results : 15895 - 15900 of 24289