Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15841 - 15846 of 24018
रेम बिक, पोखरा, 2015-09-03, बिहिवार

हलिउड र बलिउडमा जस्तै सिक्वेल फिल्म बनाउने लहर नेपाली फिल्म क्षेत्रमा पनि देखिंदै आएको छ । नेपाली भाषामा थुप्रै सिक्वेल फिल्म बनिसकेका छन् । सिक्वेल फिल्म बन्ने दौडमा गुरूङ फिल्म पनि देखिएको छ ।  

फिल्मीखबर, काठमाडौं, 2015-09-03, बिहिवार

आदिवासी जनजातिका मातृभाषामा निर्मित फिल्महरूको सही अभिलेख नहुँदा राज्यको आँखामा ती फिल्म पर्न नसकिरहेको यथार्थलाई मनन गरी चलचित्र विकास वोर्डले अभिलेख संकलन कार्य शुरु गर्न लागेको अध्यक्ष राजकुमार राईले जानकारी दिए ।

फिल्मीखबर, काठमाडौं, 2015-09-02, बुधवार

गत शुक्रबार रिलिज भएको फिल्म ‘भैरव’ले प्रदर्शनको पाँचौं दिन सम्म आईपुग्दा कुल कमाई २ करोड हाराहारी पुर्याएको वितरकले जानकारी गराएका छन् । दुई दिनमा १ करोड भन्दा बढी कमाईगरेको ‘भैरव’ले बाँकी तीन दिनमा पनि आर्कषक कमाई गर्दै कमाई आँकडा २ करोड हाराहारी पुर्याएको हो । बुधबार गोपीकृष्णमा पत्रकारलाई फिल्म देखाउँदै वितरकले सो आँकडा बताएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-02, बुधवार

नेपाली फिल्म क्षेत्रमा आउने कलाकारहरु ठूलो सपना बोकेर आउछन् । तर, कतिपय त्यो सपनालाई सुरुमै तिलाञ्जली दिन वाध्य हुन्छन् भने कोही भने पूरा गर्छन् ।
फिल्म ‘जिन्दगी रक्स’बाट नेपाली फिल्ममा डेब्यू गरेकी मोडल अकेषा बिष्टले यसपछि फिल्ममा काम गरेकी छैनन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-02, बुधवार

फिल्म निर्माता मधुकुमार श्रेष्ठले आफू विरुद्ध कुनै सार्वजनिक मुद्दा लागेको प्रमाण ल्याउन चुनौती दिएका छन् । यस्तो प्रमाण ल्याएको खण्डमा आफू कारवाही भोग्न पनि तयार रहने उनको भनाई छ । केही संचारमाध्यममा सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालको संरक्षणमा रहेको डन भन्दै समाचार आएको भन्दै उनले ध्यानाकर्षण भएको बताएका छन् । प्रेस विज्ञप्ती सार्वजनिक गर्दै मधुले आफू लामो समयदेखि व्यवसायमा संलग्न रहेको बताएका छन् ।

एजेन्सी, मुम्बई, 2015-09-02, बुधवार

बलिउडमा नयाँ कलाकार भित्राउने मामलामा निर्माता तथा निर्देशक करण जोहर माहिर मानिन्छन् । उनले फिल्म ‘स्टूडेन्ट अफ द ईयर’बाट निर्देशक डेविड धवनका छोरा वरुण धवन र महेश भट्टकी छोरी आलिया भट्टलाई बलिउडमा भित्राएका थिए ।

Results : 15841 - 15846 of 24018