Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15829 - 15834 of 24018
एजेन्सी, मुम्बई, 2015-09-06, आईतवार

अभिनेत्री कट्रिना कैफ अर्की हट अभिनेत्री सन्नी लियोनीका कारण डराएकी  छिन् । सन्नीले फिल्म ‘ए दिल हे मुश्किल’मा कैफका प्रेमी रणवीर कपुरसँग एक हट गीतमा नृत्य गर्नेभएपछि कट्रिनाको सातो गएको हो । यो गीतमा सन्नी र रणवीरका केही उत्तेजक दृश्य पनि खिचिनेछ । करण जौहरले बनाउन लागेको यो फिल्ममा ऐश्वर्या राय र अनुष्का शर्मा मुख्य भूमिकामा छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-06, आईतवार

महिलाको सकारात्मक भूमिका प्रस्तुत गर्ने फिल्म ‘भाले फाइट’ले प्रचार प्रसार सुरु गरेको छ । असोज ८ गते प्रदर्शन मिति तोकिएको फिल्मले आइतबार पत्रकार सम्मेलन गर्दै प्रचार थालेको हो । मुनाल फिल्मस्को ब्यानरमा तयार भएको फिल्ममा रीमा विश्वकर्मा, बाबु बोगटी, सन्दिप क्षेत्री, मानबहादुर राई, जेनी शेर्पाको मुख्य भूमिका छ ।

फिल्मीखबर, काठमाडौं, 2015-09-05, शनिवार

तेस्रो सिरिजसम्म सुपरहिट बनेको 'नाई नभन्नु ल'को चौथो सिरिज निर्माणको औपचारिक घोषणा गरिएको छ । सांगीतिक प्रेमकथामा आधारित 'नाईं नभन्नु ल ४'को कृष्णाष्टमीको अवसर पारेर शनिबार मैतिदेवी मन्दिरमा मुहुर्त गरियो ।  

फिल्मीखबर, काठमाडौं, 2015-09-05, शनिवार

राजेश हमाललाई बिरलै अरुको फिल्मको प्रवद्र्धन गर्दै गरेको देख्न सकिन्छ । हमाल आफ्नै फिल्मका कार्यक्रममा पनि हतपत भेटिन्नन् । तर राजेश हमालले निखिल उप्रेतिको पछिल्लो पछिल्लो ‘भैरव’ हेर्न गएर समकक्षीको फिल्मप्रति ऐक्यवद्धता प्रकट गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-05, शनिवार

प्रदर्शनको दुई साता बाँकी हुँदा ‘वडा नं ६’ निर्माण युनिटले फिल्मको प्रचार प्रसारलाई व्यापक बनाइरहेको छ । निर्माताद्धय दिपकराज गिरी र दीपाश्री निरौलाले आफ्नो फिल्मको प्रचार प्रसार गाईजात्रा चलिरहेको एकेडेमी हलदेखि शहरका चोकचोकमा समेत गरिरहेका छन् ।

फिल्मीखबर, पोखरा, 2015-09-05, शनिवार

 सलोन बस्नेत र करिष्मा श्रेष्ठलाई धेरैले अफेयरमा रहेको शंका गर्छन् । एउटा साथीमा काम गरेको यो जोडी दोस्रो फिल्म लब सबमा पनि दोहोरिएपछि धेरैले यस्तो अनुमान गरेका हुन् । तर आफुहरु बिचको सम्बन्ध प्रेमीप्रमीकाको नभएर साथीको मात्र भएको सलोनले बताएका छन् ।

Results : 15829 - 15834 of 24018