Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15847 - 15852 of 24018
नविन थापा, काठमाडौं, 2015-09-02, बुधवार

दर्शकले मन पराई राखेको नेपाली फिल्म प्रदर्शन गर्दागर्दै हलबाट निकालेर हलिउड तथा बलिउड फिल्म प्रदर्शन गर्नुले मल्टिप्लेक्सको एकलौटी राज छरपष्ट झल्कीन्छ | लामो समयको अन्तराल पश्चात फिल्म क्षेत्रमा फर्किएका एक्सन स्टार निखिल उप्रेतीले मंगलबार सोहि हेपाहा प्रवृति महसुस गरे | 

फिल्मीखबर, काठमाडौं, 2015-09-01, मंगलवार

आगामी भदौं २३ हुने कलाकार संघको अधिवेशन र चुनाव स्थगित भएको छ । महासचिवका आकांक्षी सञ्जय खतिवडाले बर्तमान कार्यसमितिले गैरकलाकारलाई नयाँ सदस्यता वितरण गरेको भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यलयमा मुद्दा दायर गरेपछि सो मुद्दाको सुनवाई गर्दै जिल्ला प्रशासनले तत्कालका लागि अधिवेशन रोक्न आदेश दिएको हो ।

फिल्मीखबर, काठमाडौं, 2015-09-01, मंगलवार

अस्कर अवार्डको ‘उत्कृष्ट विदेशी भाषाका फिल्म’ विधाको प्रतिस्पर्धाका  लागि चार नेपाली फिल्मले आवेदन दिएका छन् ।  अस्कर अवार्ड विदेशी भाषा फिल्म छनोट समिति नेपालले नयाँ संस्करणका लागि चार फिल्म प्रक्रियामा आएको जानकारी गराएका छन् । छनोट समिति सचिव चिरञ्जीवी गुरागाईंले प्रतिस्पर्धाका लागि ‘सुनपानी’, ‘निशानी’, ‘भीमदत्त’ र ‘टलकजंग भर्सेज टुल्के’ले आवेदन दिएको जानकारी गराए ।

फिल्मीखबर, काठमाडौं, 2015-09-01, मंगलवार

अभिनेता निखिलले फिल्म ‘भैरव’लाई मल्टिप्लेक्स हलबाट हटाइएको भन्दै आफ्ना फिल्मका वितरक गोपाल कायस्थ विरुद्ध मुद्दा हालेका छन् । फिल्मले राम्रो व्यापार गर्दा गर्दै पनि क्युएफएक्स सेन्ट्रलबाट फिल्म हटाइएको भन्दै उनले निर्माता संघमा वितरक विरुद्ध मुद्दा हालेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-09-01, मंगलवार

अभिनेता आर्यन सिग्देल र नव–अभिनेत्री आशिका तामाङ अभिनित फिल्म ‘सुश्री’ कात्तिक ३ गतेबाट लाग्ने भएको छ । निर्देशक शिवम् अधिकारीले फिल्म कसैसँग जुधाउन भन्दा पनि पहिले नै मिति तोकिएकाले आउन लागेको बताए । यही मितिमा फिल्म ‘ठमेल डट कम’, ‘परदेशी’ र ‘अधकट्टी’ले पनि आफू आउने घोषणा गरिसकेका छन् ।

एजेन्सी, मुम्बई, 2015-09-01, मंगलवार

आज भन्दा २५ बर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘आशिकी’को एउटा गीत खुबै हिट भएको थियो । उसबेला सर्वाधिक हिट मानिएको ‘आशिकी’ फिल्मका धेरै गीत मध्ये ‘धिरे धिरे से मेरे जिन्दगीमे आना’ एएटा थियो जुन अहिले पनि चर्चामा छ ।

Results : 15847 - 15852 of 24018