Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`नाकाबन्दी` बिरुद्ध फिल्मकर्मीको जागरण अभियान

फिल्मीखबर, काठमाडौं, 2015/11/22
भारतिय नाकाबन्दीको बिरुद्धमा एकजुट भएका फिल्मकर्मीहरूले आफ्नो अभियानलाई शसक्त बनाउने भएका छन् । एक-एक गरेर ठुलो संख्यामा राष्ट्रिय मुद्धासँगै एकजुट भएका कलाकर्मीहरुको ‘चलचित्रकर्मी राष्ट्रिय जागरण अभियान’ कार्यक्रम अन्तर्गत पहिलो चरणमा शनिबार प्रधानमन्त्री केपी ओली समक्ष ज्ञापनपत्र बुझाईएको थियो ।
 
कलाकर्मीहरुको ज्ञापनपत्र बुझ्दै ओलीले २ महिना पर्खिन आग्रह गरेका अभियानकर्ता मध्येका एक निर्देशक केपी पाठकले बताए । उनले नेपालीहरुको ईतिहास दाउराबाटै सुरु भएको भन्दै केहि समयको लागी सृजित समस्या समाधान नहुन्जेल दाउराबाटै जिविका चलाउन र नआत्तिन आग्रह गरेको पाठकले बताए । 
 
त्यस्तै हरिहर शर्मा नेतृत्वको यो जागरण अभियानले आगामी मंगलबार राजधानीमा बृहत र्याेलीको आयोजना गर्ने पनि भएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा यो अभियानको थालनी गर्नुपरेको अवस्थाको बारेमा जानकारी गराईएको थियो । 
 
सम्पुर्ण नेपालीहरुले बिगत केहि महिनादेखी भोगिरहेको पीडा र यसले निम्त्याएको अनिश्चित भविष्यलाई तत्काल सम्बोधन गरी समाधान गर्नुपर्छ भन्ने आवाज सहित नेपाली जनताको भावनालाई मनन गर्दै यो अभियानको थालनी गरिएको संयोजक हरिहर शर्माले बताए । 
 
फिल्मकर्मीहरूले ‘हिमाल पहाड तराई, कोही छैन पराई’ भन्दै सिमाङ्कन तथा प्रदेश विभाजनको विषयमा तराई मधेशमा उत्पन्न समस्यालाई  तत्काल निकाशको बाटो दिन सरकार समक्ष माग पनि गरेका छन् ।
Most Visited News (monthly)