Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15859 - 15864 of 24290
फिल्मीखबर, काठमाडौं, 2015-11-19, बिहिवार

मंसिर ११ गते शुक्रबार आउँदै गर्दा पर्दामा राम्रो भिडन्त हुँदैछ, दुई चलचित्र ‘कबड्डी कबड्डी’ र ‘जाउँ हिँड पोखरा’बीच । सुरुवातमा ‘कबड्डी कबड्डी’ मात्र आउने कुरो भएपछि अचानक सोही मितिमा छायाँकनको लामो समयपछि पर्दामा आउँदै गरेको सोभित बस्नेत निर्दे्शित ‘जाउँ हिँड पोखरा’ आउने फाईनल भएको थियो । जसले हल व्यवस्थापनमा ‘कबड्डी’ सिक्वेललाई राम्रो टकराव दिने निश्चित भएपछि निर्माण युनिट तनाबमा छ ।

फिल्मीखबर, काठमाडौं, 2015-11-18, बुधवार

पुराना नायक शिव श्रेष्ठ धेरै बर्षको अन्तरालपछि चलचित्रमा पुनरागमन गर्दैछन् । उनको अभिनय समेटिएको पछिल्लो चलचित्र ‘बागमती’ रिलिजको क्रममा छ । पौष २४ बाट दर्शकमाझ आउँदै गरेको यो चलचित्रको बारेमा बोल्दै नायक श्रेष्ठले ‘बागमती’बाट आफुले धेरैकुरा सिक्ने मौका पाएको बताएका छन् । दर्जनौं चलचित्रमा अभिनय गरिसकेका श्रेष्ठले आजसम्म खेलेका हरेक चलचित्र भन्दा ‘बागमती’ धेरै उत्कृष्ट बनेको भन्दै दक्षिण भारतिय निर्देशक सन्नि केरलाको खुलेर तारिफ गरे ।

फिल्मीखबर, काठमाडौं, 2015-11-18, बुधवार

अभिनेता निखिल उप्रेतीको बक्स अफिस टकराव अब कमै मात्र कलाकारसँग देखिने छ । कारण, निखिलका फिल्मले करोड क्बलबमा सहजै प्रवेश पाइरहेका छन् । ‘भैरव’ फिल्मले २ करोड माथिको ग्रस कलेक्शन गर्दा निखिलको ‘लुटेरा’ले पनि यस्तै हारहारीको व्यापार एक सातामा गरिसकेको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-11-18, बुधवार

अभिनेत्री शिल्पा पोख्रेलले पहिलो पटक निर्माता छविराज ओझाको भन्दा बाहिरी ब्यानरमा काम गरेकी छिन् । लामो समयपछि अभिनेत्री करिश्मा मानन्धरले निर्माण गरेको फिल्म ‘फागु’मा शिल्पा शिर्ष भूमिकामा छिन् । शिल्पाका लागि यो फिल्म चुनौती पनि छ । निर्माता छविराज ओझाको ब्यानर पाएर शिल्पाको फिल्म चलेको भन्नेहरु पनि छन् । यसैले, करिश्माका लागि त ‘फागु’ चुनौती छ,नै  शिल्पाका लािग पनि कम छैन ।

एजेन्सी, मुम्बई, 2015-11-18, बुधवार

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री दीपिका पादुकोण एक अर्काको प्रेमबाट अलग भैसकेका छन् । रणवीर अहिले अर्की अभिनेत्री कट्रिना कैफसँग रोमान्स गरिरहेका छन् भने दीपिका रणवीर सिंहसँगको प्रेममा रहेकोे चर्चा छ । तर, आफ्नो नयाँ फिल्म ‘तमाशा’को प्रचारका क्रममा दौडिएका यी दुई कलाकार आफूहरुले अझै एक अर्कालाई प्रेम गर्ने बताएका छन् ।

एजेन्सी, मुम्बई, 2015-11-18, बुधवार

बलिउड स्टार सलमान खानले आफुलाई हलिउड चलचित्रप्रति अभिनयको कुनै चाहना नरहेको बताएका छन् । सँगसँगै उनले यसको कारण समेत सार्वजनिक गरेका छन्, भाषागत समस्या । बलिउड चलचित्रहरुमा डायलग बोल्दा हिन्दीमा मात्र दिनु पर्ने र यो सजिलो भएपनि अंग्रेजी भाषामा केहि असहज हुने उनले स्विकारेका हुन् ।

Results : 15859 - 15864 of 24290