Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बागमती नदीझैं फिल्म `बागमती`

फिल्मीखबर, काठमाडौं, 2015/11/22

पौष २४ लाई रिलिज मिति तय गरेको फिल्म ‘बागमती’ युनिट अहिले प्रचार प्रसारमा व्यस्त छ । निर्माण टिमको तर्फबाट आईतवार राजधानीमा आयोजित पत्रकारसँग अन्तर्क्िरया कार्यक्रममा फिल्मका कलाकारहरुले आफ्नो आफ्नो अनुभव सुनाए । प्रचारात्मक कार्यक्रममा पहिलोपटक देखिएकी नायिका केकी अधिकारीले ‘बागमती’ फिल्मसँग नाम जोड्न पाउनु नै आफ्नो लागि ठूलो उपलब्धी भएको बताइन् ।


साउथ ईण्डियन प्रविधीमा साउथकै निर्देशकले बनाएको यो फिल्मले नेपाल र भारतबीचको चिसिंदो सम्बन्धलाई सुधार गर्नको लागि पनि महत्वपूर्ण भूमिका खेल्ने आश केकीको छ । ‘नेपाली कथा र परिवेशमा भारतिय निर्देशकले बनाएको यो फिल्मले दुई देशिय सम्बन्धलाई मजबुत बनाउनको लागि  पनि भुमिका खेल्ने मेरो विश्वास छ’ कालो पहिरनमा चिटिक्क सजिएकी केकी बोलिन् ।


उनले फिल्म निकै उत्कृष्ट बनेको र आफुले अहिलेसम्म खेलेका हरेक फिल्म भन्दा विसुद्ध फरक बागमती रहेको भन्दै दर्शकको साथ र समर्थन पाउनेमा आशावादी रहेको बताईन् । सरसफाईको महा अभियानले बागमती नदी सफा हुँदै गएझैं ‘बागमती’ फिल्मले पनि दर्शकको मैलिएको मनलाई सफा बनाउने उनको तर्क थियो ।


त्यस्तै पुराना नायक शिव श्रेष्ठले ‘क्राईसिस’को समयमा पनि निकै मेहनत र उच्च प्रविधीका साथ बनेको यो फिल्म पूर्ण मनोरञ्जनको खुराक बनेको धारणा राखे । कार्यक्रममा निर्माण टिमको तर्फबाट प्रस्तुतकर्ता बिजय सत्याल र दिनेश दर्शनधारी तथा निर्मात्री यशोदा राईले निर्माणमा तथा प्रविधिको प्रयोगमा कुनै कन्जुस्याईं नगरेको भन्दै दर्शकको साथ पाउनेमा आशावादी रहेको धारणा राखे । फिल्ममा शिव र केकीसँगै राजेश हमाल, श्रेया कार्की, रविकर घिमिरे लगायत मुख्य भूमिकामा  छन् ।

Most Visited News (monthly)