Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एनएफडीसीले पारिश्रमिक नदिएपछि प्राविधिक जेलमा

फिल्मीखबर, काठमाडौं, 2015/11/21
बालाजुमा रहेको नेपाल चलचित्र विकास कम्पनी, एनएफडीसीले पारिश्रमिक नदिएपछि एक प्राविधिक अहिले जेल परेका छन् । विगत ९ महिनादेखि पारिश्रमिक नपाएका प्राविधिक जनक चौधरीले एनएफडीसीमा रहेको एक सीपीयू चोरेका कारण जेलमा परेका हुन् । 
 
जनकले पारिश्रमिक नदिए कप्युटर चोर्ने बताउँदै पनि आएका थिए । तर, दशैंमा पनि पारिश्रमिक नपाएका उनले तिहारको तलब माग्दा पनि पाएनन् । यसपछि उनले एप्पलको सीपीयू नै चोरिदिएका थिए ।
 
जनक अहिले बालाजु प्रहरी चौकीमा छन् । उनलाई करिब १५ दिनदेखि प्रहरीले थुनामा राखेर मुद्दा चलाइरहेको छ । चलचित्र प्राविधिक संघका उपाध्यक्ष पुष्कर लामाले काठमाण्डौ जिल्ला अदालतमा आज सुनुवाई हुने र उनी छुट्ने संभावना रहेको बताए । 
 
प्राविधिकले दुख पाउँदा आफू चुप लागेर बस्न नसकेकाले उनको रिहाइका लागि पहिल गरिरहेको पुष्करको भनाई छ । एनएफडीसीलाई अहिले गोपिकृष्ण मुभिजले संचालन गर्दै आएको छ । निरक पौडेल अहिले एनएफडीसीका अध्यक्ष हुन् ।
Most Visited News (monthly)