अभिनेत्री केकी अधिकारीले आफूलाई सानी कलाकार भनेकी छिन् । केकीले घुमाउरो शैलीमा आफ्नो स्टारभ्यालुको मुल्यांकन गरेकी हुन् । फिल्म ‘बागमती’को पत्रकार सम्मेलनमा उपस्थित भएकी केकीले आफुले फिल्म क्षेत्रका ठूला नामसँग काम गर्न पाउनु सौभाग्य भएको बताइन् । फिल्म क्षेत्रका सवैभन्दा ठूला स्टारहरुको साथमा आफ्नो नाम पनि जोडिन पाउनु आफ्ना लागि ठूलो कुरा भएको केकीको भनाई थियो ।
केकीलाई नेपाली फिल्म क्षेत्रमा अहिलेकी चल्तीकी अभिनेत्री मानिन्छ । फिल्म ‘बागमती’मा केकीले राजेश हमाल र शिव श्रेष्ठ जस्ता कलाकारसँग पर्दा शेयर गरेकी छिन् । केकीले आफूलाई यति ठूला कलाकारको साथमा जोडिन पाउदा खुशी लागेको पनि बताइन् ।
केकीको यो कुरा उनले आफू भन्दा सिनियर कलाकारलाई गरेको सम्मानको रुपमा हेर्न सकिन्छ । हुनत, नेपाली कलाकारको मिडियाको अगाडि आफू भन्दा सिनियर कलाकारलाई यस्तो सम्मान व्यक्त गरेपनि मौकामा व्यवहारमा लागू गरेको पाईन्न । केकीको यो सम्मान मौकामा पनि देखियोस् ।

