
निखिलको उप्रेतिको कमव्याक मानिएको फिल्म ‘भैरव’ले नेपाली बजारमा व्यापारिक तहल्का मच्चाइरहेको छ । फिल्मको सफलताले निखिल निकै हौसियका छन् । त्यसैले त उनले 'भैरव'को सिरिज बनिरहने बताए ।

अमेरिकाको न्युयोर्कमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव 'किम्फ' ट्राभलिङ किम्फका रुपमा सम्पन्न भएको छ । अगस्ट २९ मा न्युयोर्कस्थित शेर्पा किदुगको हलमा पहिलो पटक सम्पन्न महोत्सवमा देशविदेशका दर्शकहरुको सहभागिता रहेको थियो ।

‘कबड्डी’का काजी र मैया फेरि फर्किएका छन् । ‘कबड्डी’को सिक्वेल ‘कबड्डी कबड्डी’मा काजी र मैंयाको नोक झोक फर्किएको हो । सोमबार पोस्टर तथा टिजर सार्वजनिक गर्दै निर्माण समूहले फिल्मको भिडियो लुक बाहिर ल्याएको हो । सार्वजनिक टिजरमा काजी बनेका दयाहाङ र मैंया बनेकी रिश्मा गुरुङको फुटेजले प्राथमिकता पाएको छ ।

शुक्रबारदेखि प्रदर्शन भइरहेको निखिल उप्रेतीको भैरव फिल्मका गीतहरु अहिले चर्चामा छन् । फिल्ममा समाबेश तीन मध्ये बिशेषगरी नाच भैरे नाच र दिलको मामला अहिले जनजिब्रोमा झुण्डिएका छन् । तर, कतिपयलाई थाह छैन, यी दुई गीतको गायक को हुन् भनेर । ती गायक हुन–जोहान दारुवाला ।मुम्बइ निवासी २१ बर्षीय भारतीय युवा जोहान यसै बर्षभित्र पाश्र्व गायकका रुपमा बलिउडमा डेब्यु गर्दैछन् । भैरवका प्रस्तुतकर्ता रतन दारुवालाका छोरा जोहान केही दिनअघि काठमाडौं आएका थिए । उनीसँग गरिएको कुराकानी ः

आफू र निर्देशक निश्चल बस्नेतको विवाहको खबरलाई अभिनेत्री स्वस्तिमा खड्काले अस्विकार गरेकी छिन् । केही अनलाइन पोर्टलमा निश्चल र होस्टल रिटन्र्स फेम स्वस्तिमाले विवाह गर्न लागेको खबर बाहिरिएपछि समाचारमा प्रतिक्रिया जनाउँदै स्वस्तिमाले विवाहको खबर अफवाह मात्र भएको बताएकी छिन् ।

आठौ संकरणसम्म आइपुग्दा नेपाल चलचित्र प्राविधिक संघले नेफ्टा अवार्डलाई भव्य बनाउन कुनै कसर नराख्ने बताएको छ । नेफ्टाका अध्यक्ष मनोज केसीले अघिल्ला गल्तीहरुबाट पाठ सिकेर अवार्डलाई भव्य बनाउने तयारी भैरहेको बताए ।

