मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीन फिल्मको संकट

फिल्मीखबर, काठमाडौं, 2015/11/24

दुईटा सम्म नेपाली फिल्म चल्दा धेरै जसो समयमा दुवै फिल्मले राम्रो व्यापार गरेको उदाहरण देख्न पाईन्छ । तर दुईमा एक थपिएपछि भने सके तिनै फिल्म नभएपनि दुईटा फिल्म त हावा खान्छन् नै । ‘नोटबुक’ र ‘हमेशा’, ‘स्टुपड मन’ र ‘लज्जा’, ‘नाई नभन्नूल ३’ र ‘हवल्दार सुन्तली’ सँगसँगै जुध्दा पनि चलेका फिल्म हुन् । तर तिन फिल्म चलेका बेला भने धेरै जसो समय एउटा मात्र फिल्म चलेका उदाहरण छन् ।


यही दशैंमा पनि एकै दिन तीनवटा फिल्म रिलिज भएका थिए । ‘परदेशी’, ‘अधकट्टी’ र ‘सुश्री’ । तर ‘परदेशी’ बाहेक बाँकी दुई फिल्मले हावा खाए । यसअघि ‘६ एकान ६’ ‘बितेका पल’ र ‘पराई’ रिलिज हुँदा ‘६ एकान ६’ले बाजी मारेको थियो ।


यो साल पनि दुई मितिमा तीन फिल्मको भिडन्त हुने देखिएको छ । माघ २९ र चैत्र २६ । माघ २९ मा ‘प्रेमगीत’, ‘चलेछ बतास सुस्तरी’ र ‘क्लासिक’ले रिलिज मिति घोषणा गरेका छन् भने चैत्र २६ मा ‘नाईं नभन्नू ४’, ‘रामप्यारी’ र ‘किस्मत २’ आउने चर्चा छ ।


यो पाला हेर्नुस् कसले कसलाई पछार्छ ?