फिल्म 'चलेछ बतास सुस्तरी'को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमोद भारद्धाज र शुष्मा कार्कीले आफ्नो प्रेम भाव प्रस्तुत गरेका छन् ।
प्रदिप भारद्धाजको लेखन तथा निर्माण रहेको यस फिल्मको प्रस्तुत गीतमा बिकाश चौधरीको संगीत तथा स्वरुपराज आचार्य र प्रविशा अधिकारीको स्वर रहेको छ । शब्द लेखन भने निर्माता भारद्धाजकै रहेको छ । गीतलाई रामजी लामिछानेले करियोग्राफी गरेका हुन् । यो फिल्म माघ २९ देखि प्रदर्शनमा आउँदैछ ।